धेरै राम्री हुँदा कजाकिस्तानका भलिबल खेलाडीलाई आपत्
कजाकिस्तानकी एक युवा भलिबल खेलाडीलाई धेरै राम्री हुँदा समस्या परेको छ । उनी राम्री भएकी कारण फ्यान र मिडियाले उनलाई मात्र ध्यान दिन थालेपछि उनका टिमका अन्य खेलाडीका साथै प्रशिक्षक पनि रुष्ट बनेका छन् । १८ वर्षीय सबिना अल्टाइनबेकोभालाई एसियन अन्डर च्याम्पियनसीप अघि कसैले चिन्दैनथे । तर, जब उनी उक्त प्रतियोगिताका लागि ताइवानको राजधानी पुगिन्, उनी आफ्नो सुन्दरताका कारण चर्चाको केन्द्र बनेकी छिन् । प्रायः कुनै खेलाडीको बारेमा केही शब्द मात्र लेख्ने मिडियाले उनको बारेमा १० पेज लामो फोटो र फिचर राखेको थियो । केही कलाकारहरुले उनको एनिमी कार्टुन समेत बनाएका छन् । यसबाट उनका साथीहरु रुष्ट बनेका छन् । भलिबल टिममा सबिना मात्र भएको जस्तै गरी मिडियामा भएको प्रचारबाजीले उनको राष्ट्र समेतमा आलोचना हुन लागेको छ । ‘अहिले दर्शकहरु कजाकिस्तानको खेलभन्दा सबिनालाई हेर्छन्,’ कजाकिस्तानको एक मिडियाले लेखेको छ । उनको प्रशिक्षकले पनि यसरी काम गर्न नसकिने बताएका छन् । दक्षिण पूर्वी एसियाली राष्ट्रका दर्शकहरु उनीसँग आकर्षित बनेका छन् । यसमा चीन, भियतनाम, ताइवान, जापान, दक्षिण कोरिया, मलेसियाका र फिलिपिन्सका हजारौं फ्यानहरु रहेका छन् । सबिनाले आफू प्रतिको आकर्षण देखरे शुरुमा निकै खुसी भएको तर अहिले धेरै हुन लागेको स्वीकार गरेकी छिन् ।
Comments
Post a Comment