जर्मनीलाई विश्वकप २०१४ को उपाधि
अर्जेन्टिनालाई हराउँदै जर्मनीले २०१४ को विश्वकप फूटबलको उपाधि जितेको छ ।
ब्राजिलमा जारी विश्वकपको २९ असार राति भएको फाइनलमा जर्मनीले अर्जेटिनालाई हराएको हो । अर्जेन्टिना १-० ले हार्दै जर्मनीलाई उपाधि बुझाउन बाध्य भयो ।
निर्धारित ९० मिनेटमा दुवै टीमले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । तर, मिराेस्लाभ क्लोजको ठाँउमा मैदान प्रवेश गरेका मारियो गोट्जले १२३ औं मिनेटमा गोल हानेर जर्मनीलाई जिताए ।
Comments
Post a Comment