रियल म्याड्रिड विश्वकै सबैभन्दा धनी क्लब

स्पेनिस फुटबल क्लब रियल म्याड्रिड विश्वको सबैभन्दा धनी क्लबको सूचिमा अग्र स्थानमा पुगेको छ। गत मे महिनामा च्याम्पियन लिग जितेको क्लबसँग अहिले ३ अर्ब ४४ करोड अमेरिक डलर बराबरको पूँजी रहेको फोर्ब्स म्यागेजिनले जनाएको छ।
धनी क्लबको सूचिमा दोस्रो स्थानमा स्पेनकै बार्सिलोना छ। मेसी र नेइमार जस्ता स्टार रहेको क्लबसँग ३ अर्ब २ करोड डलर बराबरको सम्पति छ। फोर्ब्सले इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड तेस्रो धनी क्लब भएको उल्लेख गरेको छ। म्यागेजिनका अनुसार उसँग २ अर्ब ८१ करोड डलर बराबरको सम्पत्ति छ।

फोर्ब्सले क्लबहरुको पूँजी, खर्च र रंगशालासँगको सम्झौता अध्ययनपछि यो रिपोर्ट बाहिर ल्याएको हो।

Comments

Popular Posts