लुइस सुआरेज ७ करोड ५० लाख पाउण्डमा बार्सिलोनामा आवद्ध

विश्वकप फुटबलमा इटालीका खेलाडी जर्जियो चिलिनीलाई टोकेका कारण ४ महिनाको प्रतिबन्धा परेका उरुग्वेली स्ट्राइकर लुईस सुआरेज स्पेनिस क्लव बार्सिलोना गएका छन् । यसअघि इंग्लिस क्लव लिभपरपुलबाट व्यवसायिक फुटबल खेल्दै आएका सुआरेज ७ करोड ५० लाख पाउण्डमा बार्सिलोना गएका हुन् । लिभरपुल र बार्सिलोनाबीच यस सम्बन्धी सम्झौता भएको छ । २७ वर्षका सुआरेज स्वास्थ्य परिक्षणका लागि आउँदो हप्ता स्पेन जाने छन् ।
सुआरेजसँग राम्रो क्षमता रहेको भन्दै लिभरपुलका प्रशिक्षक ब्रेन्डन रोजर्सले आफ्नो २ वर्षे कार्यकालमा उनले टिममा राम्रो योगदान गरेको बताए ।
‘मलाई आशा छ मैंले किन यो निर्णय गरे भनेर तपाईंहरुले बुझ्नु हुने छ’ सम्झौता पछि सुआरेजले भने ‘मेरी श्रीमती र बालबच्चा बस्दै आएको स्पेनबाट खेल्न आफ्नो लामो समयको सपना अहिले पूरा भयो ।’  इंग्ल्याण्ड छाडेर स्पेन जाने यो सहि समय भएको उनको भनाई छ । ४ महिने प्रतिबन्धमा परेका कारण सुआरेजले अबको सिजनमा बार्सिलोनाले खेल्ने सुरुका खेल खेल्न र बार्सिलोनाको टिमसँगै बसेर हेर्न समेत पाउँदैनन् । सुआरेज सन् २०११ मा नेदरल्याण्ड्सको अजाक्सबाट २ करोड २७ लाख पाउण्डमा लिभरपुल गएका थिए ।

Comments

Popular Posts