अर्जेन्टिनालाई धक्का, एन्जल डी मारिया खेल्न नसक्ने

२४ वर्षपछि विश्वकप सेमिफाइनल खेल्ने तयारीमा रहेको अर्जेन्टिनालाई धक्का लागेको छ। स्विजरल्यान्डविरुद्ध निर्णायक गोल गरेका आक्रमक मिडफिल्डर एन्जल डि मारियाले सेमिफाइनलमा नेदरल्यान्ड्ससँगको म्याच गुमाउने भएका छन्। क्वाटरफाइनलमा बेल्जियमविरुद्ध १-० ले टोली विजय हुँदा २६ वर्षे मिडफिल्टर घाइते भएका थिए।
तिघ्राको चोटका कारण नेदरल्यान्डविरुद्ध बुधबारको खेल रियल म्याड्रिडका खेलाडीले गुमाउने निश्चित भएको हो।
यता नाइजेरियाविरुद्धको खेलमा घाइते भएका स्ट्राइकर सार्जियाे अग्विरो भने नेदरल्यान्डविरुद्ध उत्रन फिट भएका छन्। नाइजेरियासँगको समूह चरणको खेलमा घाइते भएयता उनी मैदान बाहिरै थिए। म्याचेस्टर सिटीका स्ट्राइकर तालिममा फर्किएपछि अर्जेन्टिनी प्रशिक्षक र समर्थकहरु डि मारियाको क्षतिपूर्ति हुने विश्वासमा छन् ।

Comments

Popular Posts