देश बाहिर ३ वर्षपछि भारतको पहिलो जित

भारतले ईङ्ल्याण्ड विरुद्धको दोस्रो टेस्ट ९५ रनले जितेको छ । लर्ड्समा ३ सय १९ रनको लक्ष्य पछ्याएको घरेलु टोली २ सय २३ रनमा सीमित हुँदै पराजित भयो ।
३ वर्षदेखि देश बाहिर भएका एउटा पनि टेष्ट म्याच नजितेको भारतलाई जिताउन महत्वपूर्ण भूमिका निभाउँदै ईशान्त शर्माले सात विकेट लिए ।
भारतले लर्ड्ससमा भएको टेष्ट म्याच २८ वर्षपछि जितेको हो । यो जितसँगै भारतले पाँच टेस्टको श्रृंखलामा १ शून्यको अग्रता लिएको छ । पहिलो पालिमा भारतले २ सय ९५ र ईङ्ल्याण्डले ३ सय १९ रन बनाएको थियो ।
दोस्रो पालिमा भारतले ३ सय ४२ रन बनाउँदै ३ सय १९ रनको लक्ष्य दिएको थियो । जो रुटले ६६ र मोईन अलिले ३९ रन बनाएर हार टार्ने कोशिस गरेपनि सफल हुन सकेनन् ।

Comments

Popular Posts