विश्‍वकप विजेता जर्मनीका कप्तानले सन्यास लिए

जर्मनीको राष्ट्रिय फुटबल टोलीका कप्तान फिलिप ल्याहमले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्।
जर्मनीको राष्ट्रिय फुटबल महासंघले कप्तान ल्याहमले राष्ट्रिय टोलीबाट सन्न्यास लिएको शुक्रबार पुष्टि गरेको छ। उनकै नेतृत्वमा जर्मनीले हालै विश्‍वकप फुटबलको उपाधि जितेको थियो।
'कप्तान ल्याहमले राष्ट्रिय टोलीबाट सन्न्यास लिएको जानकारी हामीलाई दिइसकेका छन्', महासंघका अध्यक्ष उल्फगाङ निर्सब्याचले भने। ३० वर्षीय ल्याहमले आफ्नो सन्न्यासको जानकारी टेलिफोनमार्फत महासंघलाई गराएका हुन्। 

Comments