पहिलो ओलम्पियनद्वारा बक्सिङलाई सहयोग
नेपालका पहिलो ओलम्पियन मध्यका एक नामसिंह थापाले खेलाडीलाई प्रोत्साहन स्वरुप सोमबार खेल सामाग्री प्रदान गरेका छन् । थापाले उक्त सामाग्री नेपाल बक्सिङ संघका अध्यक्ष राजीव श्रेष्ठलाई हस्तान्तरण गरे । प्रदान गरिएका सामाग्रहीहरुमा ४–४ जोर प्याड र ग्लोब्स रहेका छन् ।
त्यस अवसरमा अध्यक्ष श्रेष्ठले सहयोगले खेलाडी र संघलाई उत्साहित बनाएको बताउदै सहयोगका लागि थापालाई धन्यवाद दिए । राष्ट्रिय टोलीका खेलाडीको समेत उपस्थितिमा भएको उक्त कार्यक्रममा थापाले बक्सिङ खेल बारे टिप्स दिएका थिए ।
Comments
Post a Comment