ब्राजिलको लज्जास्पद हारको कारण अर्जेन्टिनी झण्डा !
ब्राजिलका प्रशिक्षक लुइस फिलिप स्कोलारी र कप्तान थियगो शिल्भाले विश्वकपमा जर्मनीसँगको सेमिफाइनल खेलअघि अर्जेन्टिनी झण्डा बोकेर तस्बिर खिचाएको सार्वजनिक भएको छ । अर्जेन्टिनी र ब्राजिल फुटबलका चीर प्रतिद्वन्द्वी हुन् । तर पनि भाग्यमानी हुने ठानेर स्कोलारी र शिल्भाले अर्जेन्टिनाको झण्डा बोकेका थिए । खेलअघिको पत्रकार सम्मेलनमा पुगेका स्कोलारीलाई अर्जेन्टिनी पत्रिका इल डायरो डे ला रिपब्लिकाका पत्रकारले अर्जेन्टिनी झण्डा दिएका थिए ।
त्यसपछि स्कोलारीले कप्तान शिल्भालाई भने ‘यो झण्डा समाउ यसले गुडलक ल्याउँछ ।’ प्रशिक्षकको निर्देशनपछि दुवैले झण्डा समातेर तस्बिर खिचाएका थिए । जुन तस्बिरलाई अर्जेन्टिनी पत्रिका इल डायरो डे ला रिपब्लिकाले बुधबारको अंकमा प्रकाशित पनि गरेको छ ।
यसअघि प्रिक्वाटर फाइनलमा चिलीसँगको खेलअघि पनि स्कोलारीले यही झण्डा बोकेर तस्बिर खिचाएका थिए । झण्डासँग फोटो खिचेपछि चिलीसँगको खेल जितेका स्कोलारी झण्डालाई लक्की ठानेर सेमिफाइनल खेलअघि पनि झण्डा बोकेर तस्बिर खिचाउन तयार भएका हुन् । तर सेमिफाइनल खेलमा भने उनलाई र पुरा ब्राजिलका लागि त्यो झण्डा लक्की भएन । ब्राजिलले जर्मनीसँग ७–१ ले लज्जास्पद हार व्यहोर्नु पर्यो । त्यो लक्की भनिएको झण्डा अनलक्की भएर कतै ब्राजिलले इतिहासकै लज्जस्पद हार व्यहोरेको त हैन ?
Comments
Post a Comment