पुरानो स्मरणमा बेल्जियमविरुद्ध अर्जेन्टिना
अर्जेन्टिनाले शनिबार विश्वकप क्वार्टरफाइनलमा धेरै वर्ष पुरानो स्मरण बदल्ने लक्ष्यसाथ मैदान उत्रने स्टार खेलाडीले भरिपूर्ण बेल्जियमको सामना गर्दा फेरि एकपटक लियोनल मेसीबाट ठूलो आशा राख्नेछ।
शनिबार जित्न सके अर्जेन्टिना विश्वकपको सेमिफाइनल पुग्नेछ। जहाँ नेदरल्यान्ड्स वा कोस्टारिका उनीहरूको प्रतिद्वन्द्वी हुनेछ। त्यसो भए अर्जेन्टिनाको यो १९८६ मा उपाधि जिते र १९९० काे फाइनलपछिको दोस्रो सेमिफाइनल हुनेछ। त्यो बेला उपाधि जित्दा डिएगो म्याराडोनाप्रेरित टोलीले सेमिफाइनलमा बेल्जियमलाई नै हराएको थियो।

प्रदर्शन अपेक्षाअनुसार नभए पनि अर्जेन्टिनाले जारी विश्वकपमा सबै चार खेल जितेको छ। कमजोर प्रदर्शनसँगै एक्लो मेसीमा निर्भर हुनु अर्जेन्टिनाको अर्को चिन्ताको विषय हो। समूह चरणका ३ खेलमा ४ गोल गरेर बार्सिलोनाका सुपरस्टारले अर्जेन्टिनालाई जोगाएका थिए। अन्तिम १६ मा स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा १–० ले हराउँदा पनि उनैले गोलको मौका सिर्जना गरेका थिए।
अर्जेन्टिनी फुटबलका महान हस्ती डिएगो म्याराडोनाले टोली एक्लो मेसीमा निर्भर भएको भन्दै प्रशिक्षक अलेसान्द्रो साबेलालाई सुधारका लागि सचेत बनाइसकेका छन्। मेसीले कुनै खेलमा नतिजा उल्टाउन नसके त्यसको दोष उनलाई दिन नमिल्ने म्याराडोनाले बताएका थिए। विश्वकपमा अर्जेन्टिनाको आश खासगरी आक्रमणका उत्कृष्ट चारमा थियो। तर अहिलेसम्म त्यसलाई मैदानमा उतार्न एक्लो मेसी सफल भएका छन्।
सर्जियो अग्विरो मांसपेसीको चोटका कारण बेल्जियमविरुद्ध खेल्नेमा दुविधामै छन्। गोन्जालो हिग्विन अझै जारी विश्वकपमा पहिलो गोलको पर्खाइमा छन्। स्विट्जरल्यान्डविरुद्ध विजयी गोल गरे पनि एन्जेल डी मारियाले आफूमाथिको अपेक्षामा पूरा न्याय गर्न सकेका छैनन्। प्रशिक्षक साबेलाले पनि टोली १० नम्बरका खेलाडीमा निर्भर रहेको स्विकार्दै भने, 'अर्जेन्टिना सँधै मेसीमा निर्भर रहने गरेको छ।'
त्यसैले बेल्जियमविरुद्ध पनि मेसीको जिम्मेवारी ठूलो हुनेछ। एट्लेटिको मड्रिडका गोलकिपर थिबाउट कोर्टोइससँगको भेटमा अर्को सफलता मेसीको लक्ष्य हुनेछ। शनिबारको खेललाई २८ वर्षअघिको स्मरणसँग जोडेर मेसीलाई अर्जेन्टिनाको नयाँ नायक बनाउन खोज्ने पनि छन्। त्यतिबेला म्याराडोनाका दुई उत्कृष्ट गोलमा बेल्जियमलाई हराएको अर्जेन्टिनाले विश्वकप जितेको थियो। यसपालि समर्थक र टिमले मेसीबाट त्यस्तै आशा गरेको छ, जुन मेसी स्वयंका लागि ठूलो दबाबको विषय हो।
अर्जेन्टिना १९८६ मा म्याराडोना र अहिले मेसीजस्ता एक असाधारण खेलाडीको क्षमतामा महत्वाकांक्षा पालिरहेको छ। जबकि बेल्जियम भने प्रतिभावान खेलाडीको एउटा पुस्ताबाट लगातार सफलताको आशामा छ। १९८६ मा बेल्जियमको टोलीलाई रचनात्मक प्रतिभा इन्जो स्किफोको साथ थियो भने यसपालि २३ वर्षे इडिन हाजार्ड टोलीका ठूला स्टार हुन्। समूह चरणमा अल्जेरिया र रुसलाई हराउँदा महत्वपूर्ण गोललाई अवसर सिर्जना गरे पनि चेल्सीका विङ्गर आफैले भने जारी विश्वकपमा अहिलेसम्म एउटै गोल गर्न सकेका छैनन्।
हाजार्ड टोलीका ठूला स्टार भए पनि बेल्जियमका प्रशिक्षक मार्क विल्मोट्सले आफ्नो टोली कुनै एक खेलाडीमाथि निर्भर नरहेको बताएका छन्। 'विपक्षीले मौका दिए हाजार्ड निकै खतरनाक हुन सक्छन्। तर यही कुरा ड्रिइस मेर्टेन्स र केभिन डी ब्रुयेनेको हकमा पनि लागू हुन्छ,' विल्मोट्सले भने, 'अन्तर्राष्ट्रिय संचारमाध्यमले हाजार्डलाई हाम्रो टोलीका स्टारमा प्रस्तुत गरेका होलान्। तर मेरो नजरमा त्यस्तो होइन। हामी हाजार्डमा निर्भर छैनौं। उनी हाम्रो टोलीका २३ राम्रा खेलाडीमध्ये एक हुन्।'
विल्मोट्स सन्तुलन नरहेको अर्जेन्टिनी टोलीलाई धराशयी पार्ने अभियानमा कप्तान भिन्सेन्ट कोम्पनी पूरा फिट भएर मैदान फर्कने अपेक्षामा छन्। उता अर्जेन्टिनाका लागि भने अग्विरो ठीक हुने सम्भावना कम रहँदा इजेक्विल लाभेजीले नै लगातार दोस्रो खेलमा टोलीको आक्रमणमा मेसीलाई साथ दिने अपेक्षा गरिएको छ। माने गारिन्चा रंगशालामा प्रतिबन्धित मार्कोस रोजोलाई लेफ्ट ब्याकमा जोस मारिया बसन्ताले स्थानान्तरण गर्नेछन्। जहाँ बेल्जियमका खतरनाक मेर्टेन्सको उनले सामना गर्नुपर्नेछ। 'रोजो निकै राम्रो अवस्थामा थिए, तर हामीलाई बसन्तामा पनि पूरा विश्वास छ,' साबेलाले भने।

Comments
Post a Comment