बालोटेली चुरोट तान्दै प्रेमिकासँग मस्त

मारियाे बालाटेली प्रमिकासँग
विश्‍वकपबाट आफ्नो टोली बाहिरिएपछि खेलाडीहरु 'रिफ्रेस' हुन विभिन्‍न पर्यटकृय ठाउँमा भ्रमणमा छन। उनीहरु आफ्ना प्रेमिका तथा श्रीमतीका साथ अमेरिका तथा युरोपका विभिन्‍न ठाउँमा घुमीरहेका छन। यसमा ठला टिमका स्टार खेलाडी अगाडी छन। विश्वकपमा असफलताको 'ह्याङ' उतार्ने यो उनीहरुलाई गतिलो माध्यम बन्‍ने गरेको छ।
इटालीका स्टार स्ट्राइकर मारियो बालोटेली यतिबेला प्रेमिकासाथ अमेरिकाका सामुद्रिक किनारमा रमाइरहेका देखिन्छन। उनी चुरोट तानिरहेको अवस्थामा समातिएका छन। खेलाडीहरुले सार्वजनिक स्थानमा चुरोट खाइरहेको कमै देखिने गर्छ। यस अघि २३ वर्षिय बालोटेलीले चुरोट खाएको भन्दै क्लबबाट कार्वाही समेत भोगेका थिए। यस पटक भने उनी होटलको बरन्डामा बसेर चुरोट खाइरहेको अवस्थामा भेटिएका छन।
इटाली जारी विश्‍वकपको समुहगत चरणबाटै बाहिरिएको थियो। पहिलो खेलमा इङल्यान्डलाई पराजित गरेपनि दोस्रो र तेस्रो खेल गमाुएपछि चार पटकको विजेता पहिलो चरणबाटै बाहिरिएको थियो। बालोटेलीले समग्रमा राम्रो प्रदर्शन गर्न सकेनन।

Comments

Popular Posts