स्तब्ध नतिजाको पखाईमा कोस्टारिका
कोस्टारिकाले समूह चरणमा जस्तै अर्को एउटा दाबेदार टोलीलाई क्वार्टरफाइनलमा रोक्न सके त्यो जारी विश्वकप फुटबलको अर्को स्तब्धपूर्ण नतिजा हुनेछ। शनिबार साविक उपविजेता नेदरल्यान्ड्सविरुद्ध उत्रँदा कोस्टारिकाको योजना त्यस्तै हुनेछ। मध्यअमेरिकाको सानो राष्ट्र कोस्टारिकालाई सायदै कमैले यति माथिसम्म यात्रा तय गर्ला भन्ने सोचेका थिए। तर, फुटबलमा साधारण इतिहास बोकेको टोली यसपल्ट इटाली, इङ्ल्यान्ड र उरुग्वे जस्ता टोलीलाई पछि पार्दै समूह विजेता बन्यो।
विश्वकपका तीन पूर्वविजेतालाई उछिनेर अघि बढेको कोस्टारिकाले प्रिक्वार्टरफाइनलमा ग्रिसलाई हराउँदै क्वार्टरफाइनल तय गरेको थियो। झन्डै एक घन्टा १० खेलाडीमा सीमित भएर खेलेको कोस्टारिकाले ग्रिसलाई पेनाल्टी सुटआउटमा हराएको हो।
जोल क्याम्पबेल र ब्रेयन रुइजजस्ता खेलाडीको आक्रमण सम्हालेको टोलीले एकदमै संगठित प्रदर्शन गर्दै आएको छ। जोर्जे लुइस पिन्टोको टोलीले पछिल्ला ४ खेलमा २ गोलमात्र खाँदा विपक्षी पोस्टमा ५ गोल गरेको छ।
यसै पनि कोस्टारिकाले विश्वकपमा अहिलेसम्मकै ठूलो सफलता हसिल गरिसकेको छ। सन् १९९० मा टोलीले अन्तिम १६ को यात्रा तय गरेको थियो। अब टोलीले त्यस्तो राष्ट्रको सामना गर्नुपर्नेछ जसले चिली र मेक्सिकोका लाखांै समर्थकको सपना चकनाचूर पारिसकेको छ।
२०१० को फाइनल पुगेको नेदरल्यान्ड्सले साविक विजेता स्पेनलाई ५–१ ले हराएर सनसनीपूर्ण सुरुआत गरेको थियो। त्यसपछि अस्ट्रेलियालाई ३–२ र चिलीलाई २–० ले हराउँदै टोली सतप्रतिसत जितसहित अन्तिम १६ मा पुग्यो। आर्येन रोबेनले इन्जुरी समयमा पेनाल्टी दिलाएपछि मेक्सिकोलाई २–१ ले निराश पार्दै नेदरल्यान्ड्स क्वार्टरफाइनल पुग्न सफल भएको हो। यद्यपि रोबेनको डाइभिङ विवादमुक्त भने रहेन। तर रोबेनले आफूले उज्वेकिस्तानका रेफ्री राभसान अर्माटोभबाट कुनै सहयोगको अपेक्षा नगरेको प्रस्ट पारेका छन्। अर्माटोभले विश्वकपका ८ खेल खेलाउँदा दिएको त्यो पहिलो पेनाल्टी थियो।
शनिबार बायर्न म्युनिखका तीब्र गतिका रोबेनका लागि कोस्टारिकाका गोलकिपर किलोर नाभास बाधक बन्न सक्छन्। नाभासले ग्रिसका खेलाडीको पेनाल्टी एक हातले रोकेको रोबेनले पनि पक्कै हेरेको हुनुपर्छ। काँधको चोटमुक्त भएर नाभास नेदरल्यान्ड्सविरुद्ध उत्रने अपेक्षा गरिएको छ। सम्भवतः उनले नेदरल्यान्ड्सका अर्का खतरनाक खेलाडी रोबिन भान पर्सीको आक्रमण निस्तेज पार्ने योजना पनि बनाएको हुनुपर्छ। यद्यपि निगेल जी जोङ चोटमुक्त नहुँदा नेदरल्यान्ड्सका प्रशिक्षक लुइस भान गालको चिन्ता थपिएको छ। तर सधैं सकारात्मक सोच राख्ने र नयाँ रणनीति प्रयोग गर्न भान गाल उत्कृष्ट मानिन्छन्। उनले मेक्सिकोविरुद्ध कुलिङ ब्रेकलाई रणनीतिमा प्रयोग उपयोग गरे। कोस्टारिकाको रक्षापंक्तिमा भने समस्या छ। उरुग्वेविरुद्ध उत्कृष्ट हेड गोल गरेका सेन्टरब्याक ओस्कार डाउर्टे प्रतिबन्धका कारण खेल्नेे छैनन् भने अर्का रक्षक रोय मिलर चोटग्रस्त छन्।
अग्रपंक्तिमा २२ वर्षे क्याम्पवेलबाट अर्को उच्च प्रदर्शन अपेक्षा गरिएको छ। लोरियन्ट, रियाल बेटिस र ओलम्पियाकोसमा केही सिजन लोनमा बिताइसकेका क्याम्पवेललाई विश्वकपमा आकर्षक खेल प्रदर्शन गरेका कारण आर्सनलले टोलीमा फर्काउने अपेक्षा गरिएको छ। उनलाई अर्को फरवार्ड रुइजले साथ दिइरहेका छन्। विश्वकपमा ३ गोल गरिसकेका फुलह्यामका फरवार्ड रुइजले आफ्नो टोली डच टोलीलाई स्तब्ध पार्न सक्षम रहेको बताएका छन्। 'शनिबारको खेल हाम्रा लागि फाइनल बराबर हो। हामी यहाँ रोकिन चाहन्नौं,' रुइजले भने, 'हल्यान्ड उत्कृष्ट टोली हो। तर, इमान्दार भएर भन्नुपर्दा हामीले उनीहरूलाई हराउने सम्भावना छ। यदि हामी जित्न चाहन्छौं भने त्यतिकै सावधान भएर खेल्न आवश्यक छ।'

Comments
Post a Comment