विश्वकप फाइनलमा साकिराले गाउने
स्पेनी राष्ट्रिय टाेलीका नियमित सदस्य जेरार्ड पिकेकी श्रीमती तथा कोलम्बियाली पप स्टार साकिरा र वेक्लिफ जेनले विश्वकपको समापन समारोहमा प्रस्तुति दिने भएका छन्। साकिराले विश्वकपमा सांगीतिक प्रस्तुती दिन लागेको यो तेस्रो विश्वकप हो। रियो द जेनेरियोको माराकाना रंगशालामा हुने फाइनलमा उनले ब्राजिलियन कार्लिन्होस ब्राउनसँग मिलेर प्रस्तुति दिने छिन्।
वेक्लिफ, गितारिस्ट सान्ताना र अलेक्जान्द्रे पिरिसले विश्वकपको आधिकारिक गीत गाउने छन्। विश्व फुटबल महासंघ (फिफा)ले ब्राजिलियन गायक एवं गीतकार लेभेटे सांगालोले स्थानीय संस्कृति झल्कने प्रस्तुति दिँदा पिरिससँगै अन्य कलाकारले पनि साथ दिनेछन्।
Comments
Post a Comment