तोकिएको मितिमै सातौं राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा गर्न ज्ञापन
सातौं राष्ट्रिय खेलकुद तोकिएकै मितिमा गर्न पूर्वाञ्चल क्षेत्रका खेलकर्मी, खेलाडी, प्रशिक्षकहरुले माग गरेका छन् । युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई आज ज्ञापन पत्र बुझाउँदै उनीहरुले यसै वर्षको फागुनमा राष्ट्रिय खेलकुद गर्न ध्यानाकषर्ण गराए । पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष किरण राई नेतृत्वको टोलीले गत माघ २५ गतेको राष्ट्रिय खेलकुद परिषदको एक सयौं बोर्ड बैठकले गरेको निर्णयलाई पालना गर्न मन्त्री पौडेललाई आग्रह गरेका हुन् ।
सो बैठकले २०७१ को फागुनमा पूर्वाञ्चलमा सातौं राष्ट्रिय खेलकुद गर्ने निर्णय गरेको थियो । तर, चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत सातौं राष्ट्रिय खेलकुदबारे उल्लेख नभएपछि पूर्वाञ्चल क्षेत्रका खेलाडी, खेल पदाधिकारी, खेलकुदकर्मीले २०७१ साल भित्रै प्रतियोगिता गर्न पहल थालेका हुन् ।
दोश्रो संविधानसभाको निर्वाचनका कारण २०७० मा गरिने भनिएको सातौं राष्ट्रिय खेलकुद स्थगित भएको थियो । ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले सातौं राष्ट्रिय खेलकुद आयोजनाको वातावरण तयार गर्ने आश्वासन दिनुभयो । पूर्वाञ्चल बाहेक सबै क्षेत्रले आयोजनाको अवसर पाइसकेकाले पनि पूर्वाञ्चल विशेष प्राथमिकतामा रहेको मन्त्रीको भनाइ थियो । प्रत्येक २ वर्षमा गर्ने लक्ष्यसहित २०३८ सालमा राष्ट्रिय खेलकुदको पहिलो संस्करण काठमाडौंमा भएको थियो । दोश्रो २०४० मा पोखरामा र तेश्रो २०४२ मा वीरगञ्जमा भएको थियो ।
त्यसपछिका संस्करण भने नियमित समयमा हुन सकेनन् । चौथो २०५४ मा नेपालगन्ज, पाँचौं २०६५ मा काठमाडौं र छैटौं २०६८ मा सुदूरपश्चिमाञ्चलमा भएको थियो ।

Comments
Post a Comment