पाकिस्तानी फुटबल टोली भारत जाने
पाकिस्तानी फुटबल टोलीले दुई खेलको शृंखलाका लागि यसै वर्ष भारत भ्रमण गर्ने बिहीबार तय भएको छ। चिरप्रतिद्वन्द्वी दुई मुलुकबीच ९ वर्षपछि मैत्रीपूर्ण खेल हुन लागेको हो।
पछिल्लोपल्ट सन् २००५ मा भारतले तीन खेलको शृंखलाका लागि पाकिस्तान भ्रमण गरेको थियो। तीनमध्ये दुवै टोलीले समान १ खेल जिते भने एउटा खेल बराबरीमा टुंगिएको थियो। बढी गोलका आधारमा त्यो शृंखला पाकिस्तानले जितेको हो। पहिलो खेल १–१ को बराबर हुँदा दोस्रो भारतले १–० ले जित्यो भने तेस्रो तथा अन्तिम खेल पाकिस्तानले ३–० ले जित्यो।
पाकिस्तान फुटबल संघ (पिएफएफ) का सचिव अहमद यार खान लोधीका अनुसार दुवै खेल दक्षिण भारतको बेङ्लोरमा हुनेछ।
'लामो र अथक प्रयासपछि मैत्रीपूर्ण आयोजना तय भएको छ,' लोधीले भने, 'यो मैत्रीपूर्ण खेल दुई देशबीचको खेलकुद सम्बन्धका लागि कोसेढुंगा सावित हुनेछ।' पाकिस्तानी टोली अगस्ट १६ देखि २१ सम्म भारत भ्रमणमा रहनेछ। अगस्ट १७ मा पहिलो र दोस्रो खेल अगस्ट २० मा हुनेछ। सन् २००८ मा मुम्बई आक्रमणपछि भारतले पाकिस्तानसँग खेलकुदका सबैखाले सम्बन्ध तोडेको थियो।
त्यसपछि पिएफएफले २०११ मा इङ्ल्यान्डमा भारतसँग मैत्रीपूर्ण खेलका लागि प्रयास गरेको थियो। तर, प्रायोजकले हात झिकेपछि त्यो सम्भव भएन। गत वर्ष इङ्ल्यान्डमै भारत, पाकिस्तान र बंगलादेशीबीच त्रिकोणात्मक मैत्री शृंखला आयोजनाको प्रयास भए पनि आर्थिक अभावका कारण त्यो पनि हुन सकेन।
क्रिकेट निकै लोकप्रिय रहेको भारतले फुटबललाई पनि लोकप्रिय बनाउने प्रयास गरिरहेको छ। आगामी सेप्टेम्बरमा भारतमा सुपर फुटबल लिग हुँदैछ। भारतले सन् २०१७ मा यु–१७ को विश्वकप फुटबल आयोजना गर्दैछ। विश्वकपले भारतीय युवामा फुटबलप्रति रुचि बढ्ने अपेक्षा गरिएको छ। बिहीबारमात्र जारी फिफा वरियतामा भारत १५१औं र पाकिस्तान १६५ औं स्थानमा छन्।

Comments
Post a Comment