गणेश थापामाथि अख्तियारको छानबिन सुरु

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल महासंघ एन्फाका अध्यक्ष गणेश थापाविरुद्ध परेको भष्ट्राचारको उजुरीमा छानबिन सुरु गरेको छ। अख्तियारको टोलीले एन्फाको बैंक खाताहरुको विवरण संकलन गर्ने काम सुरु गरेको स्रोतले बतायो। समितिले अहिले बैंकहरुलाई अनुरोध गरी खाता विवरण झिकाउने काम गरिहेको छ, स्रोतले भन्यो, अहिलेसम्म प्राप्त भएको विवरण हेर्दा एउटै बैकमा दुई भन्दा बढी खाता भएको पाइएको छ, जुन नियम विपरीत भएको समाचार नयाँ पत्रिका दैनिकमा छापिएको छ।
ती खाता मार्फत भएका आर्थिक कारोबारको अध्ययन हुन बाँकी छ। खेलकुद मन्त्रालयले पनि उपसचिव रामबहादुर हमालको संयोजकत्वमा छानबिन समिति बनाई अनुसन्धान प्रक्रिया अघि बढाएको छ। समितिले एन्फाबाट विभिन्न कागजात झिकाएको बुझिएको छ। समितिले ५ दिनभित्र आर्थिक कारोबार सम्बन्धि कागजपत्र उपलब्ध गराउन एन्फालाई पत्राचार गरेको थियो। यद्यपी एन्फाले ढिला गरी त्यसको जवाफ दिएको छ।

Comments