रोबेनलाई लडेको नाटक नगर्न चेतावनी

कोष्टारिकाका प्रशिक्षक जोर्गे लुईस पिन्टोले नेदरल्याण्ड्सका खेलाडी आर्जेन रोबेनलाई पेनाल्टीका लागि डाइभिङ अर्थात नाटक गरेर नलड्न चेतावनी दिएका छन् ।
रोबेनको नाटकबाट आफू सतर्क रहेको भन्दै पिन्टोले उनीमाथि नजर राख्न रेफ्री र पिफालाई आग्रह पनि गरेका छन् । प्रशिक्षक पिन्टोले डाइभिङ गर्दै लडेमा रोबेनलाई कार्ड देखाउनुपर्ने भन्दै ‘डाइभिङ गरेकोमा उनले मैदान छाड्नुपर्ने हुन्छ किनकी उनले २ वटा पहेंलो कार्ड पनि पाउन सक्छन् ।’
प्रि क्वार्टरफाइनलमा मेक्सिको विरुद्धको खेलमा पेनाल्टी पाउनका लागि डि बक्समा लडेको नाटक गरेको भन्दै रोबेनको आलोचना भएको थियो । रोबेनले पनि आफूले पेनाल्टी पाउनकै लागि नाटक गरेको स्वीकार्दै क्षमा समेत मागेका थिए । उनले डाइभिङ गरेको स्वीकारे पनि नियम उल्लंघन नगरेको भन्दै फिफाले उनीमाथि कुनै कारवाही गरेको थिएन ।
मेक्सिकोका खेलाडी राफेल मार्केजले रोबेनलाई नै फल गरेपछि नेदरल्याण्ड्सले इन्जुरी समयमा पेनाल्टी पाएको थियो । त्यो पेनाल्टीलाई क्लास जान हन्टेलरले गोल गरेपछि नेदरल्याण्ड्स क्वाटर फाइनलमा पुगेको थियो । तर त्यो पेनाल्टी पाउने बेलामा नैं आफूले नाटक गरेको नभई साच्चै नै लडेको रोबिनको स्पष्टोक्ति थियो ।

Comments

Popular Posts