ट्राई म्याराथनको उपाधि त्रिभुवन आर्मीको टीम 'ए' लाई

नेपाली सेनाले आयोजना गरेको पहिलो प्रधानसेनापति राष्ट्रिय ट्राई म्याराथन २०७१ को उपाधि त्रिभुवन आर्मीको टीम 'ए' ले जितेको छ। धादिङ्गको बैरेनीदेखि चरौदीसम्म आयोजित प्रतियोगितामा रनिङ्ग, साईक्लिङ्ग र र्‍याफ्टीङ्ग खेल समावेश गरिएको थियो। 
त्रिभुवन क्लवका तीन वटा टोली सहभागी प्रतियोगितामा ६ वटा गैरसैनिक टोलीले पनि भाग लिएका थिए। विजेता टोलीले ट्रफी र नगद १ लाख रुपैंया हात पार्‍यो। दोस्रो स्थानमा त्रिभुवन क्लवकै टीम 'बी' र हिमालयन सिङ्गल ट्रयाक टीम तेस्रो भयो। दोस्रो हुनेले ७५ हजार र तेस्रोले ५० हजार रुपैंया हात पारेको छ।
प्रतियोगिताको प्रथम चरणमा ६ दशमलव ८ किलोमिटर दौड दोस्रोमा २५ दशमलव ५ किलोमिटर साईक्लिङ्ग र अन्तिम चरणमा ११ किलोमिटर र्‍याफ्टीङ्ग गरी समावेश थियो। प्रथम हुने त्रिभुवन आर्मीको टीम 'ए' ले कुल ४३ दशमलव ३ किलोमिटरको दुरी  २ घण्टा ४१ मिनेट ३९ सेकेण्डमा पुरा गरेको थियो। विजेताहरुलाई प्रधानसेनापति गौरवशम्शेर राणाले पुस्कार वितरण गर्नुभएको थियो। 

Comments

Popular Posts