दक्षिण अफ्रिका शीर्षतीर
डेल स्टेयनले फेरी एक पटक म्याच विजयी प्रदर्शन गरेपछि दक्षिण अफ्रिकाले पहिलो टेस्टमा घरेलु टोली श्रीलंकालाई १ सय ५३ रनले पराजित गरेको छ। स्टेयनले ९९ रन खर्चेर खेलमा कुल ९ विकेट लिए। गल मैदानमा तीब्र बलरको यो उत्कृष्ट प्रदर्शन हो। स्टेयनको यो प्रदर्शनमा दक्षिण अफ्रिकाले बलरलाई कम सहयोग गरेको विकेटमा श्रीलंकालाई दुई पटक अलआउट गर्यो।
श्रीलंकामा दक्षिण अफ्रिकाको यो केवल तेस्रो टेस्ट विजय हो। सन् २००० पछि दक्षिण अफ्रिकाले पहिलो पटक जितेको हो। हाल विश्व टेस्ट वरियतामा दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिकाले बिहीबारबाट कोलम्बोमा सुरु हुने दोस्रो तथा अन्तिम टेस्ट पनि जितेमा अस्ट्रेलियालाई उछिन्दै शीर्ष स्थानमा उक्लने छ।
स्टेयनलाई अर्का सिमर मोर्ने मोर्केलले राम्रो सहयोग गरे। मोर्केलले ४ विकेट लिएपछि श्रीलंकाको दोस्रो इनिङ्स २ सय १६ रनमा सीमित भयो। आइतबार अन्तिम दिनको खेलमा श्रीलंकालाई खेल जित्न थप २ सय ६० रन चाहिन्थ्यो र टोलीसँग ९ विकेट सुरक्षित थियो। तर टोलीले बाँकी सवै विकेट केवल १ सय ६ रनमा गुमायो।
दक्षिण अफ्रिकाले ४५५–९ मा पहिलो इनिङ्स समाप्तीको घोषणा गरेको थियो। जबाफमा श्रीलंका २ सय ९२ रनमै अलआउट भएको थियो। दक्षिण अफ्रिकाले दोस्रो इनिङ्स २०६–६ मा समाप्तीको घोषणा गर्दै श्रीलंकालाई ३ सय ७० रनको लक्ष्य छाडेको थियो।
हासिम अमलाका लागि यो विजय निकै मिठो रहयो। दक्षिण अफ्रिकाको टेस्ट कप्तानको रुपमा यो उनको पहिलो खेल थियो। उनले आफ्ना टोलीका सदस्यलाई अंगालो मार्नुका साथै पन्जा जुधाउदै विजयको खुशी मनाएका थिए।
'विजय हात पार्नु सजिलो थिएन, खेलाडीहरुलाई यसको श्रेय दिनुपर्छ, उनीहरुले आजसम्म मेहनत गरिरहे,' अमलाले भने, 'हिजो हामीले केही चुनौतीपूर्ण ओभरहरु गर्नुपर्योल। तर बलरहरुले राम्रो पुनरागमन गरे। डिन इल्गर र जेपी डुमिनीले शतक बनाएर टिमलाई बलियो बनाए।'
कामचलाउ बलर डुमिनीले २ विकेट लिदैं दक्षिण अफ्रिकालाई विजयको बाटो देखाए। त्यसमा कुमार सांगाकाराको विकेट पनि समावेश थियो। सांगाकाराले ७६ रन बनाए। उनले १ सय ४५ बल खेली ९ चौका र १ छक्का प्रहार गरे।
११०–१ बाट आइतबारको खेल प्रारम्भ गरेको श्रीलंकाले बिहानको सत्रमा २४ ओभर खेली ५१ रनमात्र जोडी ५ विकेट गुमाएको थियो। 'दक्षिण अफ्रिकाले हामीलाई ५ दिननै तल पार्र्यो ,' श्रीलंकाका कप्तान एन्जेलो म्याथ्युजले भने, 'राम्रो खेलेर हारेको भए भन्नु केही थिएन, तर खेल भरी हाम्रो प्रदर्शन निराशाजनक थियो।'
उनले अगाडी भने, 'पहिलो इनिङ्समा २ सय ९२ रनमात्र बनाउन सक्दा खेल गुमाउनु पर्योद। अलिकति रन थप्न सकेको भए हामीसँग खेलमा अवसर हुन्थ्यो। ब्याट्सम्यानहरुले आफ्नो खेलमा सुधार गर्नुपर्छ।'
पहिलो इनिङ्समा ५ विकेट लिएका स्टेयनले दिनको खेलको चौथो ओभरमा विकेट लिई सांगाकारा र कौशल सिल्भाको साझेदारी तोडे। स्टेयनको बलमा ३८ रन बनाएका सिल्भाको विकेटकिपर क्विन्टन डी ककले सानदार क्याच लिए। योसँगैं सिल्भा र सांगाकाराको १ सय ४ रनको साझेदारी टुटेको थियो।
ड्रिङक्सपछिको पहिलो ओभरमा मोर्केलले माहेला जयबर्द्धनेलाई विकेटको पछाडी क्याच आउट गर्दा श्रीलंकालाई अर्को ठुलो धक्का लाग्यो। सांगाकाराले ६५ रनमा जीवनदान पाए पनि त्यसको फाइदा उठाउन सकेनन्। डुमिनीको बलमा अमलाले सानदार क्याच लिंदैं उनलाई पवेलियन फर्काए। दुई भेट्रान सांगाकारा र जयबर्द्धनेलाई आउट गरेपछि दक्षिण अफ्रिकी खेलाडी थप जोशिएका थिए।
स्टेयनले लाहिरु थिरिमानेलाई १२ रनमा विकेटकै पछाडी क्याच आउट गरे। मोर्केलले दीनेश चन्डिमाललाई १ रनमा आउट गर्दा क्याच लिने डी ककनै थिए। डी ककले कुल पाँच क्याच लिए। स्टेयनले दिलरुवान पेरेरालाई आउट गरी इनिङ्समा चौथो विकेट लिए।
म्यान अफ द म्याचमा चुनिएका स्टेयनले भने, 'भारतीय उपमहाद्धिपमा आउँदा म सँधै राम्रो गर्न चाहान्छु। घाँसे विकेटमा ५ विकेट लिदा कसैले मतलब गर्दैनन तर यस्तो विकेटमा यस्तो प्रदर्शनको महत्व अर्कै हुन्छ।'

Comments
Post a Comment