मलेसियामा भलिबल प्रतियाेगिता

अर्जुन काफ्ले

मलेसियाको केपुङ्गमा आइतवारबाट नेपाली विच खुल्ला भलिवल प्रतियोगीता प्रतियोगीता सुरु भएको छ । मुस्लिमहरुको चाड हरिराया (इद) को अवसर पारेर यहा सक्रिय मेची महाकाली युवा समुहको आयोजनामा भलिवल प्रतियोगीता सुरु भएको हो । केपुङ्ग स्थित खुल्ला चौरमा भएको उदघाटन कार्यक्रममा विभिन्न वक्ता हरुले प्रवासमा रहेर पनि खेल प्रति नेपाली मजदुरको लगाव प्रति प्रसंशा गरेका थिए । रोजगारीका सिलसिलमा रहेर पनि खेल प्रति देखाएको लगावको जिफन्ट मलेसियाका अदक्ष्य जनक विक,आयोजक समुहका अदक्ष्य अर्जुन लिम्वु,सचिव वलराम भट लगायतले प्रवासमा रहेर पनि खेल खेल्ने खेलाडीको प्रशसा गरेका थिए । मलेसियाका विभिन्न स्थानमा रहेका १४ समुहका टिमको सहभागिता रहने सो खेलको समापन मंगलवार हुने आयोजकले जानकारी गराएका छन् ।

Comments