सातजना जर्मन खेलाडीलाई 'ज्वरो'

फ्रान्ससँग क्वार्टरफाइनल खेल्नुअघि जर्मन टोली संकटमा परेको छ।जर्मनीका सातजना खेलाडी बिरामी परेका छन्।गोल्डेन बुटको दौडमा रहेका थोमस मुलर, रक्षक मेट्स ह्युमेल्स, क्रिस्टोफर क्रेमरलगायतका खेलाडी बिरामी परेको जानकारी प्रशिक्षक जोचिम लोयले दिए।खेलाडीमा घाँटी दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखिएको बताइएको छ। मुलरलाई 'फ्लु' भएको हुन सक्ने आशंका गरिएको छ।
लगातारको यात्रा र ब्राजिलको मौसमका कारण खेलाडी बिरामी भएको हुन सक्ने लोयले बताए। 'हामीले फरक फरक मौसम भएका ठाउँको लगातार यात्रा गरिरहनु परेको छ। त्यसैले खेलाडी बिरामी भएका हुन्', प्रशिक्षक लोयले भने। क्वार्टरफाइनल खेल्नुअघि आफ्ना खेलाडी स्वस्थ्य भइसक्ने विश्वास पनि उनले ब्यक्त गरे।

Comments

Popular Posts