म्यानयुनाइटेडले थप नयाँ खेलाडी नलिने
इङलिस क्लव म्यानचेष्टर युनाइटेडले छिट्टै नयाँ खेलाडीहरु अनुबन्ध नगर्ने निर्णय गरेको छ । प्रशिक्षक लुइस भान हालले वर्तमान टीम सन्तुलित नभएपनि तत्काल नयाँ खेलाडी किन्ने पक्षमा आफू नरहेको बताएका छन् । उनको कमानीमा अमेरिका पुगेको रेड डेभिल्सले लस एन्जल्स ग्यालेक्सी र रोमाबिरुद्धको खेलमा क्लवले ३–४–१–२ को फम्र्याटमा खेलेको थियो ।
मिडफिल्ड र रक्षापंक्तिमा केही समस्या भए पनि खेलाडी किन्नका लागि किन्ने पक्षमा आफू नरहेको उनको भनाइ थियो । उनले वायन रुनी, हुँवा माटा र रोबिन भान पर्सिको विकल्पमा मैदान ओराल्न सकिने खेलाडीमा मात्रै क्लवले पैसा खर्चिने बताए । यसअघि क्लवका पदाधिकारीहरुले पैसाको चिन्ता नगर्न भान हाललाई आश्वासन दिएपछि उनी तत्काल केही अनुबन्ध गर्न इच्छुक देखिएका थिए । तर अमेरिका भ्रमणका क्रममा टीमको प्रदर्शनबाट सन्तुष्ट हुन नसकेका हालले अहिलेलाई सो योजना स्थगित गरेका हुन् ।

Comments
Post a Comment