स्वारेजलाई ६ करोड पाउन्ड तिर्न बार्सिलोना तयार
विश्वकपका चर्चित उरुग्वे स्ट्राइकर लुइस स्वारेजलाई बिक्री गर्न इङ्लिस क्लब लिभरपुलले प्रक्रिया अघि बढाएको छ। स्वारेजलाई स्पेनिस क्लब बार्सिलोनाले लिने इच्छा देखाएको छ। लन्डनमा दुवै क्लबका पदाधिकारीबीच भएको छलफल सकारात्मक भएको अन्तरार्ष्ट्रिय मिडियाहरुले जनाएका छन्।
सबै किसिमका फुटबल गतिविधिबाट चार महिनाका लागि प्रतिन्धित स्वारेजलाई क्लब फेर्ने प्रक्रियामा मेडिकल परीक्षणका लागि कुनै व्यवधान नरहेको फिफाले जनाएको छ। फिफाको प्रतिबन्धले उनको क्लब फेर्ने प्रक्रियालाई प्रभावित नपार्ने फिफाका अनुशासन समिति प्रमुखले जनाए।
विश्वकप समूह चरणमा उरुग्वे १-० ले विजय भएको खेलमा इटालीका जर्जियो चिलियानीलाई कुममा टोकेपछि फिफाले उनलाई ४ महिना सबै किसिमका फुटबलबाट प्रतिबन्ध लगाएको थियो। लिभिरपुलका स्ट्राइकरको व्यवहारलाई लिएर इङ्लिस मिडिया आक्रमक भएकोप्रति स्ट्राइकरले दु:ख व्यक्त गरेका थिए। स्वारेजकै निर्णायक गोलमा उरुग्वेले इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दा इङ्लिस टोली विश्वकपबाट बाहिरिएको थियो।
२७ वर्षे स्वारेज व्यवसायिक फुटवलर संघले प्रदान गर्ने बर्ष खेलाडीबाट यो वर्ष पुरस्कृत भएका थिए। सन् २०११ मा हप्ताको २ लाख पाउन्डटभन्दा बढी पाउने गरी २०१६ सम्मका लागि इङ्लिस क्लबसँग आवद्ध भएका थिए। बार्सिलोनाले स्वारेजका लागि ६ करोड पाउन्डसम्म तिर्न तयार रहेको जनाएको छ। लिभरपुलले स्वारेजको स्थनान्तरण बारे स्पेनिस क्लबसँगको छलफल 'राम्रो' भएको उल्लेख बतायो।

Comments
Post a Comment