डी स्टेफानोको निधन

रियल मड्रिडका पूर्व महान खेलाडी अल्फ्रेडो डी स्टेफानोको सोमबार ८८ वर्षमा निधन भएको छ। शनिबार हृदयघात भएपछि उनलाई मड्रिडस्थित जिओर्जिओ मारानोन अस्पतालमा राखिएको थियो। उनी कोमामा थिए।
डी स्टेफानो पछिल्ला वर्षमा निकै अस्वस्थ रहदै आएका थिए। ११ वर्ष क्लबमा बिताएका डी स्टेफानोलाई रियलले अहिलेसम्मकै महान खेलाडी भनेर वर्णन गर्दै आएको छ। १९५३ मा छिरेका उनले रियललाई १९५६ देखि १९६० सम्म लगातार पाँचपटक युरोपियन कपको उपाधि दिलाएका थिए। अर्जेन्टिनामा जन्मिएका डी स्टेफानोले रियलबाट ८ स्पेनिस लिगको उपाधि जिती १९५७ र १९५९ मा युरोपेली वर्ष खेलाडीमा चुनिएका थिए।
११ सिजन आउँदा उनले कुल ३ सय गोल गरेका थिए। विश्वकप कहिल्यै नखेले पनि उनले अर्जेन्टिना, कोलम्बिया र स्पेनको राष्ट्रिय टोलीको पनि प्रतिनिधित्व गरेका थिए। तर फिफाले उनले कोलम्बियाबाट खेलेको खेल संख्यालाई भने अस्वीकार गरेको छ।

Comments

Popular Posts