"लज्जास्पद हारका लागि मलाइ माफ गर्नुस्"- स्काेलारी

ब्राजिलका प्रशिक्षक स्काेलारी
ब्राजिलका फुटबल प्रशिक्षक लुइस फिलिप स्कोलारीले जर्मनीसँग ७–१ ले हारेको दिनलाई आफ्नो जीवनकै सबैभन्दा खराब दिन भनेका छन् ।
विश्वकपका सेमिफाइनलमा आफ्नो घरेलु मैदानमा जर्मनीसँग ७–१ ले व्यहोरेको पराजयको जिम्मेवारी आफ्नो भएको उनले स्वीकार गरेका छन् । मैदानमा उत्रिने खेलाडी छनौट, टिमको रणनीति तथा योजना आफूले बनाएकोले हारको जिम्मेवारी स्वभाविक रुपमा आफ्नो भएको स्कोलारीको भनाई थियो ।
ब्राजिललाई १२ वर्षअघि सन् २००२ मा विश्वकप उपाधि जिताएका स्कोलारीले ७–१ को नमिठो हारलाई सधैं सम्झने भन्दै थपे ‘मैंले प्रशिक्षणका जिम्मेवारी लिने बेलामा यो चुनौती अनुमान गरेको थिएँ ।’  
यो पराजयलाई दुखद भन्दै स्कोलारीले माफी पनि मागेका छन् । ‘ब्राजिलियन नागरिकलाई मेरो सन्देश कृपया हामीलाई यो प्रदर्शनका लागि माफ गरिदिनुहोस्’ उनले भने ‘मलाई माफ गरिदिनुहोस, हामी फाइनलमा पुग्न सकेनौं ।’ स्कोलारीले शनिबार राती तेश्रो स्थानका लाग हुने खेलमा जितका लागि खेल्ने पनि बताए । पछिल्ला १५ खेलमा पहिलो हार ब्यहोरेका स्कोलारीले स्ट्राइकर नेमार टिममा नभएका कारण हारियो भनेर माफी नपाउने पनि बताए । कोलम्बियासँगको क्वाटरफाइनलमा ढाडको हड्डी भाँचिएपछि नेमार मैदान उत्रिन सकेका थिएन् । त्यस्तै भरपर्दा डिफेन्डर तथा कप्तान थिएगो शिल्भाले पनि दोहोरो पहेँलो कार्डका कारण सेमिफाइनलमा जर्मनीविरुद्धको खेल गुमाएका थिए ।

Comments

Popular Posts