म्यान्चेस्टरको बागडोर सम्हाल्दै डच प्रशिक्षक

डच प्रशिक्षक लुइस भान हालले ठूलो अपेक्षासहित बुधबार म्यानचेस्टर युनाइटेडको नयाँ प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै छन्। ६२ वर्षे भान हालले ब्राजिल विश्वकपमा आफूलाई खतरनाक रणनीति बनाउने प्रशिक्षकमा चिनाएका थिए। उनको करिअर थप उपलब्धि हासिल गर्दा नेदरल्यान्ड्स ब्रालिलमा तेस्रो भएको थियो।
गत वर्ष डेविड मोयेजको नेतृत्वमा खराब प्रदर्शन गरेको युनाइटेड समर्थकले खेलाडीसँग नजिक हुने भान हालबाट धेरै आशा गरेका छन्। युनाइटेडलाई पुरानै लयमा फर्काउन उनी सफल हुने युनाइटेडका समर्थक अपेक्षा छ। 
डच फुटबलको एट्याकिङ फुटबल खेल्ने शैली परिवर्तन गरेका कारण भान हाल विश्वकपको सुरुआतमा आलोचित पनि भए। बल पोसेसन राख्दै काउन्टरमा गएर खेल्ने टोलीमा नेदरल्यान्ड्स चिनिन्थ्यो। तर भान हालले विश्वकपमा रक्षापंक्ति बलियो बनाउँदै तीव्र गतिमा काउन्टर एट्याकमा खेल्ने रणनीतिमा सफल हुनेबारे टोलीका खेलाडीलाई विश्वास दिलाएका थिए। अन्ततः भान हालको रणनीति विश्वकपमा सफल साबित भयो।
नेदरल्यान्ड्सका खेलाडी वेस्ले स्नाइडरले भनेका छन्, ‘विश्वकपमा पाएको सफलतामा प्रशिक्षकको धेरै भूमिका छ। उनको रणनीतिमा सफल हुनेमा विश्वस्त थियौं। यथार्थमा भन्नुपर्दा उनले बनाएको सबै रणनीति सफल भयो।'
थोरै आलोचकले सेमिफाइनलमा अर्जेन्टिनासँग सेमिफाइनलमा पेनाल्टीमा हारेपछि उनको आलोचना गरेका थिए। तर सेमिफाइनलमा खेल जित्न भान हालले कयौं चतुर रणनीति प्रयोग गरेको स्नाइडरले बताए।
युनाइटेडसँग तीन वर्षे सम्झौता गरेका भान हाललाई ब्राजिलको अनुभव नयाँ जिम्मेवारीमा केही सहयोग हुन सक्छ। तेस्रो स्थानमा ब्राजिललाई ३–० ले हराएपछि भान हाल नयाँ जिम्मेवारीबारे बताउन उत्साही देखिएका थिए। भान हालले भने, ‘युनाइटेड प्रशिक्षकको जिम्मेवारी मेरा लागि रोमाञ्चक चुनौती हो।' सन् २०११ मा बायर्न मुनिखबाट बर्खास्त भएपछि भान हाल युनाइटेडबाट क्लब फुटबलमा फर्कदैछन्। प्रि–सिजनमा भान हालले एथलेटिकका एन्ड्री हेरेरा र साउथह्याम्टनका लुकी लुकी सावलाई सम्झौता गरेपछि भान हालले सुरुआतमै युनाइटेडमा राम्रो गर्ने रणनीति बनाएको देखिन्छ।
एक दशकअघि बार्सिलोनामा डच खेलाडीको गुट बनाएको भन्दै भान हालको खुबै आलोचना भयो। तर युनाइटेडका एक समर्थक ओल्ड ट्राफोर्डमा त्यस्तो नहुने बताउँछन्। एनओसी टेलिभिजनका समीक्षक रोनाल्ड डी बोरले भने, ‘सात डच खेलाडीले चेन्जिङ रूममा हुँदा उनीहरूले आफ्नै भाषामा रणनीति बनाइरहेका थिए। त्यो एकदम अस्वस्थ प्रतिस्पर्धा थियो। मलाई लाग्छ भान हालले त्यो महसुस गरेका छन्। उनले फेरि त्यस्तो गल्ती दोहोर्याथउने छैनन्।'

Comments

Popular Posts