यू-१६ फुटबल टिम दक्षिण कोरिया प्रस्थान
१६ वर्ष मुनिको एएफसी च्याम्पियनसीप खेल्ने तयारीमा रहेकाे नेपालकाे सोह्र वर्ष मुनिको राष्ट्रिय फुटबल टोली दक्षिण कोरिया गएको छ । च्याम्पियनसीपको तयारीका साथै मैत्रीपूर्ण खेलका लागि टोली सोमबार दक्षिण कोरिया गएको हो ।
खेलकुद परिषदका सदस्य सचिव युवराज लामा र एन्फा अध्यक्ष गणेश थापाले टोलीलाई बिहान बिदाइ गरेका छन् ।
२ हप्तासम्म दक्षिण कोरियामा रहँदा नेपाली टोलीले ३ वटा मैत्रीपूर्ण खेल खेल्नेछ । १६ वर्षमुनिको एएफसी च्याम्पियनसीप सेप्टेम्बरमा थाइल्याण्डमा हुँदैछ । एएफसी च्याम्पियनसीप अघि नेपाली टोलीले बेल्जियममा पनि गएर अभ्यास गर्ने तथा मैत्रीपूर्ण खेल खेल्ने एन्फाले यसअघि नै जनाइसकेको छ ।
Comments
Post a Comment