क्लाेजकाे कीर्तिमानी
जर्मन फरवार्ड मिरोस्लाभ क्लोज ब्राजिलविरुद्धको गोलसँगै विश्वकप फुटबल इतिहासकै सर्बाधिक गोलकर्ता बनेका छन् । बेलो होरिजोन्टेमा २३ औं मिनेटमा गरेको गोल उनको विश्वकपमा १६ औं गोल हो । उनले ब्राजिलका रोनाल्डो (१५ गोल) लाई उछिन्दै सर्बाधिक गोलकर्ताको कीर्तिमान आफ्नो नाममा बनाएका हुन् । ३६ वर्षीय क्लोजले पहिलोपल्ट विश्वकप खेल्दा सन् २००२ मा ५ गोल गरेका थिए । त्यसबेला जर्मनी फाइनलमा ब्राजिलसँग २-० ले हारेको थियो । त्यसपछि २००६ मा जर्मनीमै भएको विश्वकपमा पनि क्लोजले ५ गोल गरेर गोल्डेन बुट नै हात पारे । उनी गोल्डेन बुट जित्ने पहिलो जर्मन फुटबलर हुन् । उनले दक्षिण अफ्रिकामा २०१० मा भएको विश्वकपमा ४ गोल गरे । उनले यसपल्ट थप दुई गोल गोल गर्दै कीर्तिमान रचेका हुन् । उनले समूह चरणमा घानाविरुद्ध गोल गर्दै रोनाल्डोको १५ गोलको कीर्तिमान बराबरी गरेका थिए । संयोगले रोनाल्डोको १५ औं गोल पनि घानाविरुद्ध नै भएको थियो । अहिलेको जर्मन टिमका समावेश गरिएको एक्लो विशुद्ध फरार्ड हुन्, क्लोज । उनले १६ गोलका लागि विश्वकपमा २२ खेल खेलेका छन् । उनले प्रतिखेल शुन्य दशमलव ७३ को औसतमा गोल गरेका छन् । रोनाल्डोले १९ खेल खेलेका थिए । पोल्यान्डमा जन्मिएका क्लोज जर्मन फुटबल इतिहासकै पनि सर्बाधिक गोलकर्ता हुन् । उनले १ सय ३६ खेलमा ७१ गोल गरेका छन् । विश्वकपअघि मात्र उनले गर्ड मुलर (६८ गोल) को कीर्तिमान आफ्नो नाममा बनाएका थिए । उनी अहिले इटालियन क्लब लाजियोमा आबद्ध छन् । उनले जर्मन क्लबहरु बायर्न म्युनिक, वेर्डर ब्रेमेन, केइजर्सलाउटेन र हयम्बर्गबाट खेलीसकेका छन् ।
विश्वकप फुटबलका सर्बाधिक गोलकर्ता :
१६ गोल मिरोस्लाभ क्लोज, जर्मनी
१५ गोल रोनाल्डो, ब्राजिल
१४ गोल गर्ड लमुलर, जर्मनी
१३ गोल जस्ट फोन्टेन, फ्रान्स
१२ गोल पेले, ब्राजिल
११ गोल सान्डोर कोक्सिस, हंगेरी
११ गोल जर्गेन क्लिन्सम्यान, जर्मनी
विश्वकप फुटबलका सर्बाधिक गोलकर्ता :
१६ गोल मिरोस्लाभ क्लोज, जर्मनी
१५ गोल रोनाल्डो, ब्राजिल
१४ गोल गर्ड लमुलर, जर्मनी
१३ गोल जस्ट फोन्टेन, फ्रान्स
१२ गोल पेले, ब्राजिल
११ गोल सान्डोर कोक्सिस, हंगेरी
११ गोल जर्गेन क्लिन्सम्यान, जर्मनी
Comments
Post a Comment