स्वान्स्टाइगरले माफी मागे
विश्वकप विजेता जर्मनीका मिडफिल्डर बास्टियन स्वान्स्टाइगरले सोमबार माफी मागेका छन्। बार्यन म्युनिखका २९ वर्षे स्वान्स्टाइगरको बोरुसिया डर्टमुन्डका खेलाडी र क्लब लक्षित गरेर खराब शब्द प्रयोग भएको भिडियो टेप भेटिएको थियो।
एक निजी पार्टीमा आफ्नो क्लब समर्थकसँगै स्वान्स्टाइगरले गीत गाएको देखिएको छ। एक मिनेटको उक्त भिडियोमा डर्टमुन्डलाई लक्षित गरेर आपत्तिजनक शब्द प्रयोग गरिएको छ।
बोरुसिया डर्टमुन्डविरुद्ध खराब शब्द प्रयोग गरिएको भिडियो जर्मनले अतिरिक्त समयमा अर्जेन्टिनालाई १–० ले हराएको दुई दिनपछि सार्वजनिक भएको थियो। जुन भिडियो कारण स्वान्स्टाइगरले आफ्नो फेसबुक पेजमार्फत माफी मागेका छन्। स्वान्स्टाइगरले भनेका छन्, …बोरुसिया डर्टमुन्डका समर्थक, खेलाडी र अफिसियलसँग म माफी माग्न चाहन्छु। सबैलाई थाहा छ त्यो समर्थकबीचको प्रख्यात गीत हो। मेरो कसैलाई ठेस पुर्याचउने उद्देश्य थिएन।'

Comments
Post a Comment