जर्मनीलाई हराउन ब्राजिलले मरेर खेल्नु पर्छ : म्याराडोना

डियागाे म्याराडाेना
फुटबल लेजेण्ड डिएगो म्याराडोनाले जर्मनीलाई हराउनका लागि ब्राजिलले मैदानमा मरेर खेल्नुपर्ने बताएका छन् । जर्मनीसँग खेल्नु पूर्व ब्राजिलले सन् १९९० मा जर्मनी र अर्जेन्टिनाबीचको फाईनलबाट पाठ सिक्नुपर्ने म्याराडोनाको सुझाव छ ।
टाईम्स अफ इण्डियाको आफ्नो स्तम्भमा म्याराडोनाले ब्राजिललाई यस्तो सुझाव दिएका हुन् । सन् १९९० मा अर्जेन्टिनाले आफ्ना मूख्य खेलाडी बिना मैदान उत्रिँदा हार्नुपरेको तथ्यबाट पाठ सिकेर ब्राजिल अघि बढ्नु पर्ने म्याराडोनाको सुझाव छ  ।
‘क्लाउडियो कानिजिया र रिकार्डो प्रतिबन्धमा परेका थिए’ म्याराडोनाले पुरा दिन सम्झँदै स्तम्भमा लेखेका छन् ‘हामीले पहिलो प्राथमिकताका चार खेलाडी लाई घाईते र कार्ड पाएका कारण गुमाएका थियौ ।’ त्यसका बाबजुद पनि बाघले जस्तै लडेको र जर्मनीलाई आच्छु आच्छु पारेको भन्दै अर्जेन्टिनी पूर्व फूटबलर म्याराडोनाले भनेका छ ‘मेक्सिकन रेफ्रीले पेड्रो मोन्जोन र गुस्ताभो डिजोटीलाई मैदान बाहिर पठाए र हामीले नौ जनामा सीमित भएर खेल सक्यौं । ’ त्यो फाईनलमा पेनाल्टी पाएर जर्मनी १–० ले विजयी भएको थियो । नेयमार र थियगो सिल्भा नखेल्ने भएकोले यो विश्वकपको सेमिफाइनलमा जर्मनी विरुद्ध खेल्दा ब्राजिलले अर्जेन्टिनाको विगतबाट पाठ सिक्नु पर्नेमा उनले जोड दिएका छन् ।

Comments

Popular Posts