‘रोनाल्डोभन्दा मेसी उत्कृष्ट’

फ्रान्सका पूर्व स्ट्राईकर थिएरी हेनरीले अर्जेन्टिनी स्ट्राइकर लियोनेल मेसी विश्वकै उत्कृष्ट खेलाडी भएको बताएका छन् ।
क्रिस्टियानो रोनाल्डो र लुइस सुआरेज राम्रा खेलाडी भएपनि मेसी विश्वकै उत्कृष्ट भएको हेनरीले बताएका गोल डटकमले जनाएको छ ।
‘म क्रिस्टियानो रोनाल्डोको पनि सम्मान गर्छु, तर मेसी विश्वकै उत्कृष्ट खेलाडी हुन्’ बार्सिलोनाका पूर्व स्ट्राईकर हेनरीले भनेका छन ‘मेसीलाई भगवानले उपहार दिएका छन् भने रोनाल्डोले त्यसका लागि मेहनत गरेका छन् ।’
मेसी र रोनाल्डो यूरोपको वर्ष खेलाडीको मनोनयनमा परेका बेला हेनरीको यस्तो प्रतिक्रिया आएको हो ।

Comments