तेश्रो स्थानका लागि आज ब्रजिल र नेदरल्याण्ड्स् भिड्ने
विश्वकप २०१४ अन्तर्गत तेस्रो स्थानको लागि आज ब्राजिल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । ब्राजिल जर्मनीसँग ७–१ को लज्जास्पद हार व्यहोर्दै उपाधि होडबाट बाहिरिएको हो भने नदेरल्याण्ड्सलाई अर्जेन्टिनाले टाइब्रेकरमा पराजित गरेको थियो ।
ब्राजिल आज कप्तान थियगो सिल्भासहित मैदान उत्रिनेछ । सान्त्वना जीत हात पार्ने लक्ष्यमा रहेको ब्राजिल टोलीमा अन्य केहि परिवर्तन गर्ने सोचमा छ । त्यस्तै नेदरल्याण्ड्सको टोलीमा पनि केहि परिवर्तन हुन सक्ने बताइएको छ ।
विगतको तथ्य हेर्दा ब्राजिलका लागि आजको खेल अझ अशुभ हुन सक्छ । किनकी पछिल्ला ८ विश्वकपमा युरोपेली देश नै तेस्रो भएका छन् । जसले नेदरल्याण्ड्सका समर्थकलाई केही राहत दिएको छ भने ब्राजिलका दर्शकलाई निराशापन दिएको छ । ब्राजिल र नेदरल्याण्ड्सबीच ११ पटक भेट भएको छ । दुवै टिम समान ३-३ पटक विजयी भएका छन भने ५ खेल बराबरीमा सकिएकाे छ । पछिल्ला तीन विश्वकपमा डच टोलीले २ मा जीत हात पारेको छ । ब्राजिलले सन् १९९९ मा डच टोलीमाथि ३–१ को जीत निकाले यता जित्न सकेको छैन ।
ब्राजिल तेस्रो स्थानको लागि भिड्न लागेको चौथो पटक हो भने नेदरल्याण्ड्स दोस्रो पटक तेस्रो स्थानको लागि मैदान उत्रिन लागेको हो ।
Comments
Post a Comment