खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को विवाद उत्कर्षमा

दुई महिनापछि दक्षिण कोरियामा हुने १७ औं एसियाली खेलकुदको तयारीको बिषयलाई लिएर खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को विवाद उत्कर्षमा पुगेको छ । 
युवा तथा खेलकुद मन्त्रालयले नेपालको सहभागिताका लागि राखेपका उपाध्यक्ष लामा टेन्डी शेर्पाको नेतृत्वमा समिति गठन गरेको छ भने परिषद्का सदस्य सचिव युवराज लामाले पनि छुट्टै तयारी समिति गठन गर्नुभएको छ । दुई निकायवीच विवाद बढेपछि नेपालको सहभागिता अन्योलमा पर्ने देखिएको छ । दुई निकायले तयारी समिति गठन गरेर काम शुरु गरेकाले खेलकुद संघ र परिषद्का कर्मचारी अप्ठ्यारोमा परेका छन् । 
परिषद् स्रोतका अनुसार, सदस्य सचिव लामाले तयारीका लागि मन्त्रालयले बनाएको समितिले बोलाएको बैठकमा नजान भनेपछि कर्मचारीहरु अन्योलमा परेका हुन् । खेलकुद मन्त्रालयले २४ खेललाई सहभागी गराउने गरी तयारी अघि बढाएको छ ।

Comments

Popular Posts