रोमेरोका ४ तथ्य
अर्जेन्टिनालाई विश्वकपको फाइनलमा पुर्याउन गोलकिपर सर्जियो रोमेरोले महत्वपूर्ण भूमिका खेले । उनले दुई पेनाल्टी रोकेपछि अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई टाइब्रेकरमा ४-२ ले हरायो । यी स्टार गोलकिपर रोमेरोका ४ तथ्यहरूः
भान गालले नै पेनाल्टी रोक्न सिकाए रोमेरोको भाग्य अचम्मको भएको छ । उनलाई पेनाल्टी रोक्न नेदरल्यान्ड्सका प्रशिक्षक लुइस भान गालले नै सिकाएका थिए । नेदरल्यान्ड्सका एज अल्क्मार क्लबमा भान गाल प्रशिक्षक छँदा रोमेरोले पोस्ट सम्हालेका थिए । त्यही बेला भान गालले उनलाई पेनाल्टी रोक्न सिकाएका हुन् । 'मैले उनलाई पेनाल्टी रोक्न सिकाएको हुँ । अहिले साह्रै पीडा भयो,' गालले बुधबार सेमिफाइनलपछि हँसाउने पारामा भने ।
देशबाट राम्रो खेल्ने उनको क्लब करिअर राम्रो रहेन । उनी सब्सिटच्युटमा परेका छन् । उनी सन् २००९ देखि राष्ट्रिय टिमबाट खेल्दै छन् । उनलाई सन् २००७ मा यू-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि सिनियर टिममा ल्याइएको हो । उनले त्यसबेला टिमलाई उपाधि नै जिताएका थिए । उनले सन् २००८ मा अर्जेन्टिनालाई ओलम्पिकमा स्वर्ण पनि जिताएका थिए । लियोनल मेसी उनका नजिकमा साथी हुन् ।
साबेलाका प्रिय पात्र
सन् २०१० को दक्षिण अफ्रिकी विश्वकपपछि रोमेरोको जिम्मेवारीलाई लिएर प्रश्नचिह्न खडा भएको थियो । जर्मनीविरुद्ध खेलमा अर्जेन्टिनाले ४-० ले हराएको थियो । त्यसका बाबजुत प्रशिक्षक अलेक्जान्ड्रो साबेलाले उनलाई फेरि प्रमाणित गर्ने अवसर दिए । उनले पोस्टको जिम्मेवारी राम्रोसँग सम्हालेका छन् । र, आफ्नो प्रशिक्षकको विश्वासलाई पूरा गरेका छन् । उनी अर्जेन्टिनाबाट ५० क्याप जित्ने दोस्रो गोलकिपर हुन् ।
मोनाकोमा बेन्चमा
रोमेरो ब्राजिलमा आउँदा उनको प्रदर्शनलाई लिएर शंका थियो । किनकि उनले फ्रेन्च लिग-१ क्लब मोनाकोमा खेल्दा बेन्चमै समय बिताए । उनले नौ खेलमा मात्र खेल्ने अवसर पाए । यी २७ वर्षीय खेलाडी सन् २०१३ मा साम्पडोरियाबाट ऋणमा मोनाको भित्रिएका थिए ।
Comments
Post a Comment