ब्राजिल हारेको पीडामा नेपाली फ्यानद्वारा आत्महत्या
विश्वकप फुटबलको सेमिफाइनलमा ब्राजिलले लज्जाजनक हार व्यहोरेको पीडामा एक १५ वर्षे नेपाली किशोरीले आत्महत्या गरेकी छिन्। कक्षा १० मा अध्ययनरत सुनसरीको भरउल-८ की प्रज्ञा थापाले आफ्नो प्रिय टोलीको सर्मनाक हार सहन नसकी आत्महत्या गरेकी हुन्।
बुधबार बिहान भएको खेलमा विश्वकप आयोजक ब्राजिल जर्मनीसँग ७-१ ले पराजित भएको थियो। सेमिफाइनल म्याच हेरेकी उनी बिहान ७:३० सम्म 'मेरो टोली हार्यो भनेर दुखमनाउ गरेको परिवारिक स्रोतले जनाएको छ। प्रहरी अनुसन्धानले पनि प्रिय टोलीको पराजयमा उनले आत्महत्या गरेको जानकारी दियो।
'खेलपछि मेरो प्रिय टोली हार्यो भनेर गुनासो गरेको र एक छिनपछि घरपरिवारका मान्छे कामतिर लागेपछि दुई तलामाथिको सिलिङमा सलले पासो लागेर आत्महत्या गरेको पाइएको छ', सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुदीप राजभण्डारीले नागरिकन्युजसँग भने, 'ब्राजिल हारेको चिन्तामा आत्महत्या गरेको देखिएको छ।'

Comments
Post a Comment