नाइजेरियाको फुटबलमाथिको प्रतिबन्ध हट्यो

अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नाइजेरियामाथि लगाएको प्रतिबन्ध हटाएको छ ।
नाइजेरिया फुटबल संघलाई विघटन गर्दै अदालतले संघको नयाँ चुनाव गर्न दिएको निर्देशन अनुसार संघमा नयाँ पदाधिकारी चयन भएपछि फिफाले त्यसलाई गैरकानुनी भन्दै प्रतिबन्ध लगाएको थियो । 
फिफाको प्रतिबन्धपछि नाइजेरिया सरकारले पुरानै संघ र संघका पदाधिकारीलाई पुनःबहाली गरेपछि प्रतिबन्ध हटाएको फिफाले जनाएको छ । प्रतिबन्ध हटेपछि नाइजेरियाको राष्ट्रिय टोलीले तथा क्लवहरुले अन्तर्राष्ट्रिय खेल खेल्न पाउने छन् ।
विश्वकप फुटबलको प्रिक्वाटर फाइनलमा नाइजेरिया फ्रान्ससँग पराजित भएपछि अदालतले स्थानीय फुटबल संघ विघटन गरी नयाँ कार्यसमिति चयन गर्न निर्देशन दिएको थियो ।  यस्तै ब्राजिलबाट घर फर्किएका नाइजेरिया फुटबल संघका पदाधिकारीलाई बिमानस्थलबाटै पक्राउ गरि जेल हालिएको थियो । जेल परेका फुटबल अधिकारी पनि रिहा भएका र उनीहरुले काम गर्ने वातावरण बनेको भन्दै फिफाले प्रतिबन्ध हटाएको हो ।

Comments

Popular Posts