विश्‍वकपपछि मनोरञ्‍जनमा मस्त हुन थाले खेलाडी

विश्‍वकप फुटबलको समाप्तिसँगै च्याम्पियन्स लिगको चर्चा सुरु भएको छ। लगातार फुटबलमा व्यस्त बन्दै आएका खेलाडीलाई यस्तो अवस्थामा परिवार र आफ्ना प्रेमिकाका लागि समय छुट्याउन गाह्रो परेको छ। अझ विश्‍वकपको फाइनलमा अन्तिम चारमा पुगेका टोलीका खेलाडीले आफन्तलाई समय दिन भ्याइरहेका छैनन्।
च्याम्पियन्स लिगको तयारीमा रहेको इङल्यान्डका चर्चित खेलाडी स्टेभन जेरार्डले बुधबार आफ्नो परिवारलाई पूरै समय दिए। पत्‍नी लिब्जा र तीन छोरीसँग समुद्री तटमा रमाइलो गरिरहेको तस्बिर जेरार्डले समाजिक सञ्‍जाल ट्विटरमा पोस्ट गरेका छन्। इङल्यान्डका क्लबहरू च्याम्पियन्स लिगको तयारीमा व्यस्त रहेका छन्।

जेरार्ड मात्र होइन आर्सनलका एलेक्सिस सान्चेज पनि अहिले प्रेमिका लाइया ग्रासीसँग समुद्री तट र पौडी पोखरीमा रमाइलो गर्न व्यस्त छन्। नयाँ सिजनका लागि स्पेनिस क्लब बार्सिलोनाबाट इङलिस क्लब आर्सनलमा अनुबन्ध भएका सान्चेजले पनि प्रेमिका ग्रासीसँग रमाइलो गरिरहेका हट तस्बिरहरू ट्विटरमार्फत सार्वजनिक गरेका छन्। जर्मनीका खेलाडीलाई भने अहिले उपाधिको उत्सव मनाउन भ्याइनभ्याई छ।

Comments

Popular Posts