ब्राजिली समर्थक अर्जेन्टिनाको शक्ति
अर्जेन्टिनाका रक्षक पाब्लो जाबालेटाले ब्राजिली प्रशंसकको विरोधले आफ्नो टोली अझ बलियो भएको बताएका छन्। यी दुई राष्ट्र बीच फुटबलमा लामो समय देखिको शत्रुता छ। ब्राजिलका प्रशंसकहरुले प्रतियोगिता भरी अर्जेन्टिनाको प्रतिद्वन्द्वी टोलीको समर्थन गरिरहेका छन्।
'हामीलाई यो देशमा खेल्दा विशेष लाग्छ, विशेष गरी ब्राजिली प्रशंसकहरु विश्वकपमा हाम्रो विरोधमा अर्काको समर्थन गर्दा,' म्यानचेस्टर सिटीका रक्षक जाबालेटाले भने। डिसेम्बरमा विश्वकप ड्र हुँदा दक्षिण अमेरिकी फुटबल प्रशंसकहरुको सपना माराकानामा ब्राजिल र अर्जेन्टिनाका फाइनल होस भन्ने थियो।
तर ब्राजिलले सेमिफाइनलमै जर्मनीसँग ७–१ को लज्जास्पद पराजय बेहोर्यो।। त्यत्ति प्रभाव नदेखिए पनि अर्जेन्टिनाले सेमिफाइनलमा नेदरल्यान्ड्सको चुनौतीलाई पेनाल्टी शुटआउटमा किनारा लगायो।
'कहिले काँही तपाईको विरुद्धमा सवै लागेका छन् तपाई अझ बलियो अनुभव गर्नु हुनेछ,' जाबालेटाले भने, 'मलाई लाग्छ हामीले यही नेदरल्यान्ड्ससँगको खेलमा देखायौं। फाइनलमा पुगेकोमा हामी निकै गौरवान्तित छौं।
'कहिले काँही तपाईको विरुद्धमा सवै लागेका छन् तपाई अझ बलियो अनुभव गर्नु हुनेछ,' जाबालेटाले भने, 'मलाई लाग्छ हामीले यही नेदरल्यान्ड्ससँगको खेलमा देखायौं। फाइनलमा पुगेकोमा हामी निकै गौरवान्तित छौं।
Comments
Post a Comment