हावार्डमाथि छानबिन गरिने

बेल्जियमविरुद्धको प्रिक्वार्टरफाइनल खेलमा अमेरिकाका गोलरक्षक टिम हवार्डले सानदार प्रदर्शन गरे। उनले विश्वकपको इतिहासमा एउटै खेलमा सर्वाधिक गोल विफल बनाउने गोलरक्षकको कीर्तिमान पनि बनाए।
हावार्डले बेल्जियमविरुद्धको खेलमा विपक्षीका १५ वटा प्रहार विफल बनाएका थिए। उनकै प्रदर्शनका कारण बेल्जियमले खेल जित्न अतिरिक्त समयसम्म संघर्ष गर्नुप:यो। यो खेल जितेर बेल्जियम २८ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा पुग्यो। उक्त खेलमा पराजित भए पनि हावार्डको प्रदर्शनको चौतर्फी प्रशंसा भयो।
उनको उत्कृष्ट प्रदर्शनले विश्व फुटबल महासंघ (फिफा) लाई भने सशंकित बनायो। त्यसैले त फिफा अधिकारी उनीमाथि शक्तिवर्धक औषधि (डोपिङ) परीक्षण गर्ने निर्णय लिन बाध्य भए। खेललगत्तै फिफाले लागूऔषध परीक्षणका लागि हावार्डको पिसाब र रगतको नमुना लियो। अमेरिकी गोलरक्षकले पनि यो समाचारको पुष्टि गरेका छन्।

Comments

Popular Posts