​जुनियर नेपाली टोलीलाई कोरियामा पहिलो सफलता

१७ वर्ष मुनिकाे एएफसी च्याम्पियनसिप फुटवलको तयारीका लागि दक्षिण कोरियामा प्रशिक्षणरत नेपाली यू १६ टोलीले आज भएको मैत्रीपूर्ण खेलमा लियोनगग विश्वविद्यालयको टोलीलाई पराजित गरेको छ। सियोलमा भएको खेलमा डिफेण्डर दिनेश राजवंशलीले ३८ औं मिनेटमा गोल गरेका थिए। यसअघि खेलमा अधिकांश समय बल नियन्त्रणमा राखेपनि नेपाली युवा टोलीले थप गोल गर्न सकेन। च्याम्पियनसिप आगामी सेप्टेम्बरमा थाइल्याण्डमा हुँदैछ।  यसअघिको पहिलो मैत्रीपूर्ण म्याचमा भने नेपालले बोइन हाइस्कूलको टीमस“ग २–२ गोलको बराबरी खेलेको थियो। प्रशिक्षक बालगोपाल महर्जनले गोलका अवसर सदुपयोग गर्न नसक्दा कम अन्तरमा जित्नु परेको प्रतिक्रिया दिएका छन्। आगामी खेलमा स्ट्राइकिङ्ग लाइनमा सुधार गरिने उनले बताए।

Comments

Popular Posts