दुई खेलाडीले पेनाल्टी प्रहार गर्न मानेनन्
अर्जेन्टिनाविरुद्व भएको टाइब्रेकरमा आफ्ना भरपर्दा खेलाडीहरुले पहिलो प्रहार गर्न नमानेको डच प्रशिक्षक भान गालले खुलासा गरेका छन।
आफूले दुई खेलाडीलाई अनुरोध गरे पनि उनीहरुले पेनाल्टी प्रहार गर्न नमानेको प्रशिक्षक भान गालले बताए।
नेदरल्यान्ड्सका लागि पहिलो पेनाल्टी प्रहार गर्न आएका रोन भिलार गोल गर्न असफल भएका थिए।
'मैले भिलारलाई पठाउनुअघि दुईजना खेलाडीलाई अनुरोध गरेको थिएँ तर, उनीहरु तयार भएनन।
त्यसैले मैदानमा राम्रो खेलिरहेकाले भिलारलाई मैले उक्त जिम्मेवारी दिएको हुँ', प्रशिक्षक भान गालले भने।
Comments
Post a Comment