नेपालका धावकले गरे युरोपको चर्चित हिमाल आरोहण

नेपाली अल्ट्रा धावक तथा आरोही सञ्जय पण्डितले रूसमा रहेको युरोपको चर्चित हिमाल एल्बु्रसको सफलतापूर्वक आरोहण गरेका छन्।
सातवटा महादेशका सर्वोच्च हिमालको आरोहण गर्ने अभियानमा रहेका सञ्जय एसिया र अफ्रिकापछि युरोप पुगेका थिए। उनले रूसमै रहेको माउन्ट चिगार्ड पनि सफलतापूर्वक आरोहण गरेको राष्ट्रिय खेलकुद परिषद्को प्रचारप्रसार शाखाले जनाएको छ।
सञ्जयले एल्ब्रुसको चुचुरोमा ६ मिनेट ३ सेकेन्डसम्म शरीरको माथिल्लो भागमा कुनै कपडा नलगाई कीर्तिमान बनाएको पनि समाचारमा जनाइएको छ।
उनले नेपालका मनास्लु, छुकुंग्री, नागार्जुनजस्ता हिमालको पनि सफल आरोहण गरिसकेका छन्।
यी सबै हिमाल चढ्ने पण्डित नेपालका प्रथम अल्ट्रा धावक हुन्।
एल्ब्रुसको सफल आरोहणपछि उनले आफूलाई सहयोग गर्ने सबै व्यक्ति र संघसंस्थालाई धन्यवाद पनि दिएका छन्। युरोपको सर्वोच्च शिखर एल्ब्रुसको उचाइ पाँच हजार ६ सय ४२ मिटर छ।
उनले एल्ब्रुसको शिखरमा लामो समयसम्म शरीरको माथिल्लो भागमा कुनै कपडा नलगाई बसेर कीर्तिमान बनाएको दाबी गर्दै गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता गर्ने प्रक्रियामा जाने बताए।

Comments

Popular Posts