जगजित ट्रायल दिन पोल्यान्ड
राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर जगजित श्रेष्ठ अभ्यास र ट्रायलका लागि सोमबार पोल्यान्ड गएका छन्। जगजितले पोल्यान्डको जागिलोनिया बेलिस्टोक क्लबमा दुई महिना प्रशिक्षण लिएपश्चात ट्रायल दिनेछन्।
२१ वर्षे जगजितले मंगलबारदेखि क्लबमा प्रशिक्षण थाल्ने एन्फाका प्रवक्ता ललितकृष्ण श्रेष्ठले बताए। उनले भने, 'नेपाली खेलाडीका लागि पोल्यान्डमा प्रशिक्षण पाउनु राम्रो हो।' राष्ट्रिय टोलीका पूर्वसहायक प्रशिक्षक रिचार्ड ओर्लोस्कीले जगजितलाई प्रशिक्षण अवसर जुटाइदिएको प्रवक्ता श्रेष्ठले बताए।
जगजित थ्रीस्टार क्लबका खेलाडी हुन्। जगजितको प्रशिक्षणका लागि आवश्यक परे एन्फाले सहयोग गने श्रेष्ठले बताए। उनले भने, 'जगजितलाई आवश्यक परे एन्फाले सहयोग गर्छ। नेपाली खेलाडीले विदेशमा गएर खेल्न पाउनु गर्वको कुरा हो। यसले नेपाली फुटबलको स्तर बढाउन सहयोग गर्नेछ।'
मनाङ मर्स्याङ्दी क्लबबाट ए डिभिजन फुटबलमा डेब्यु गरेका जगजित हिमालयन शेर्पा, फ्रेन्ड्स हुँदै थ्री स्टारमा आबद्ध छन्। जगजितले पोल्यान्डमा सक्दो मिहिनेत गरेर ट्रायल पास गर्ने बताए। उनले भने, 'दक्षिण एसियाली खेलाडीलाई पोल्यान्डमा प्रशिक्षण गर्ने अवसर पाउनु ठूलो हो। मैले धेरै राम्रो अवसर पाएको छ। प्रशिक्षणमा कडा मिहिनेत गरेर नयाँ टेक्निक सिक्ने प्रयास गर्छु।'
सन् १९२० स्थापना भएको जागिलोनिया बेलिस्टोक क्लबले सन् २०११ मा पोल्यान्डको ए डिभिजन लिग इकासट्राकल्सा जितेको थियो। बेलिस्टोकले सन् १९८७ मा पोल्यान्डको दोस्रो डिभिजन आई लिगा, सन् २०१० मा पोलिस कप र पोलिस सुपर कप जितेको थियो।
जगजितले २ वर्ष अघि जर्मनी गएर बुन्डेसलिगाको टोली स्टुटगार्टको युवा टोलीसँग पनि प्रशिक्षण लिएका थिए।

Comments
Post a Comment