स्वारेज चार महिना र नौ खेल प्रतिबन्धित

उरुग्वेका स्ट्राइकर लुइस स्वारेजलाई फिफाले चार महिना फुटबलसम्बन्धी कुनै पनि गतिविधिमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाएको छ । मंगलबार विश्वकपको समूह चरणको अन्तिम खेलमा इटालीका डिफेन्डर जर्जियो चेलिनीको काँधमा टोकेपछि २७ वर्षीय स्ट्राइकर स्वारेजलाई यस्तो कारवाही गरिएको हो ।
फिफाको अनुशासन कमिटीले खेलभावना विपरीत काम गरेको भन्दै स्वारेजमाथि प्रतिबन्धको निर्णय गरेको हो । स्वारेजलाई आगामी ९ अन्तर्राष्ट्रिय खेलको लागि समेत अयोग्य घोषित गरिएको छ । फिफाको नियमसँगै स्वारेजले उरुग्वेले विश्वकपमा अब खेल्ने खेलमा सहभागी हुन पाउने छैनन् ।
जारी विश्वकपको मसूह डी बाट उरुग्वे दोस्रो चरणको लागि छनौट भएको छ । विशपकपको अन्तिम प्रि क्वार्टरफाइनलमा उरुग्वेले शनिबार कोलम्बियासँग खेल्दैछ ।

Comments

Popular Posts