नेपालकाे भाग युगाण्डालार्इ

नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारी भ्रष्टाचार विवादमा मुछिएपछि नेपाललाई दिने भनिएको डिभिजन थ्री प्रतियोगिताको अधिकारी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले युगान्डालाई दिएको छ ।
नेपाल डिभिजन थ्रीमा घटुवा भएपछि नेपाललाई डिभिजन थ्री प्रतियोगिता आयोजना गर्न दिन सकारात्मक बनेको आईसीसीको मंगलबारको बैठकले युगान्डालाई आयोजनाको अधिकार दिएको हो ।
आइतबार अख्तियारु दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा क्यानका १० पदाधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । नेपाल प्रिमियर लिगको बिषयमा पछिल्लो समय क्यान पदाधिकारी दुई समूहमा बिभाजित थिए ।
क्यानभित्र देखिएको विवाद र पदाधिकारीविरुद्ध लागेको भ्रष्टाचार मुद्दाका कारण युगान्डालाई आयोजना गर्न दिइएको हुनसक्ने जानकारहरुको अनुमान छ । आईसीसीको निर्णय अनुसार डिभिजन थ्री प्रतियोगिता २६ अक्टोबरदेखि २ नोभम्बरसम्म हुनेछ ।
नेपालसँगै युगाण्डा पनि डिभिजन थ्रीमा घटूवा भएको थियो । डिभिजन थ्री प्रतियोगितामा बर्मुडा र अमेरिका पनि खेल्नेछन् । साथै डिभिजन चारबाट बढूवा भएर आउँने अन्य दुई टिमले पनि प्रतियोगिता खेल्नेछन् । गत बर्ष डिभिजन थ्री जितेर डिभिजन २ उक्लिएको नेपाल एक दिवसीय विश्वकप छनौटको क्रममा गरेको खराब प्रदर्शनका कारण डिभिजन थ्रीमै घटूवा भएको हो ।
डिभिजन थ्रीमा उत्कृष्ट दुई टिम डिभिजन दुईमा बढूवा हुनेछन् ।

Comments

Popular Posts