अाजकाे अाकर्षण: फिलिप लाहम (जर्मनी)
चार वर्षअघि जर्मनीको कप्तान बनेका फिलिप लाहमको यो तेस्रो विश्वकप हो। उनले राष्ट्रिय टोलीबाट १ सय ६ खेल खेलिसकेका छन्। २९ बर्षे उनको कप्तानीमा गत सिजन बायर्न म्युनिखले च्याम्पियन्सलिग, बुन्डेसलिगा र जर्मन कप जितेको थियो।
एउटा रक्षकका रुपमा पनि विविधतायुक्त खेलाडी हुन्। उनी लेफ्ट र राइट दुवै पोजिसनमा उत्तिकै राम्रो खेल्न सक्छन्। त्यसमध्ये राइटबाट खेल्न बढी रुचाउछन्। क्लब होस वा राष्ट्रिय दुवैमा आवश्यकता अनुसार उनी खेल्ने गर्छन्। वायर्नका प्रशिक्षक पेप ग्वार्डिओलाले उनलाई डिफेन्सिभ मिडफिल्डमा पनि उतारिसकेका छन्। जर्मन प्रशिक्षक जोचिम लोउले पनि आवश्यकता परेमा लाहमलाई डिफेन्सिभ मिडफिल्डमा खेलाउने संकेत गरेका छन्। पोर्चुगलविरुद्धको खेलमा पनि उनको भुमिका महत्वपूर्ण हुने अनुमान गरिएको छ। रक्षापक्तिबाट उनले राष्ट्रिय टोलीबाट ५ गोल गरेका छन्।
Comments
Post a Comment