विश्वकप खेल्न ब्राजिल पुगेका टिमहरूकाे माग

तीन दिनपछि शुरु हुने विश्वकप फुटवलका लागि ब्राजिल पुगेका टिमहरूले विभिन्न मागहरू राखेका छन् ।  ती मध्येका केही मागहरू यस प्रकार रहेका छन् :-
-पोर्चुगललाई खेलाडीको सुरक्षामा ६ जना गार्ड, क्रिस्टियानो रोनाल्डोका लागि मात्रै दुई जना गार्ड चाहियो ।
-उरुग्वेलाई खेलाडी बस्ने कोठामा आवाज नआउने एसी ।
-अल्जेरियालाई प्रत्येक कोठामा धर्मग्रन्थ कुरान ।
-कोलम्बियालार्इ प्रशिक्षण गर्दा मैदानमा ब्रजिलका १५ युवा खेलाडी ।
-जापानलाई जाकुजी ।
-फ्रान्सलार्इ हरेक खेलाडीका एउटै डिजाइन र रंगका कोठा । खेलाडीका कोठामा नुहाउन फरक तरल साबुन ।
-होन्डुरसलार्इ कोठाका टीभीमा कम्तीमा ६ स्पेनिस भाषाका च्यानल, तीमध्ये दुईवटा होन्डुरस कै हुनुपर्ने ।
-चिलीलार्इ प्रत्येक काेठामा नयाँ खाट र फ्ल्याट टीभी ।
-इक्वेडरलाई प्रत्येक दिन इक्वेडरमै फलेका केराले भरिएको भाँडो ।
-स्वीट्जरल्यान्डलार्इ स्वीस टेलिभिजन च्यानल र तीव्र इन्टरनेट सेवा ।
-जर्मनीले भने विश्वकपका लागि ब्रजिलको बाहियामा छुट्टै होटल र ट्रेनिङ क्याम्प बनाएको छ । यो क्याम्पमा १३ वटा घर र ६५ कोठा छन् ।
-इंग्ल्यान्डलार्इ प्रत्येक कोठामा नयाँ फर्निचर, काठको भुइँ, एसी, तीनवटा टीभी, भिडियो गेम र खिया नलागेको बाल्कोनी, स्वीमिङ पुल र जिमखाना, बेग्लै रेस्टुराँ ।
-अस्ट्रेलियालाई कोठा नजिक दुई ठूला कफी मेसिन र विश्वभरिका नाम चलेका पत्रपत्रिका, रातो मासु, माछा र चिकेनका परिकार ।
-पहिलो पटक विश्वकप खेल्न लागेको बोस्निया एन्ड हर्जगोभिनालाई खेलाडीको कुरा प्रशिक्षकले र प्रशिक्षकका कुरा खेलाडीले सुन्न नमिल्ने गरी साउन्ड प्रुफ स्क्रिन ।

Comments

Popular Posts