विश्वकपको विषयमा तितो सत्यमा झगडा
:- अर्जुनकुमार सँग्रौला -:
विहीबारदेखि शुरु हुने विश्वकप फुटबलको क्रेज यतिबेला सबैतिर छ ।
सर्वसाधारण, ब्यापारी, नेता अनि कलाकार सबैलाई यसको रौनकले छोएको छ । हाँस्य टेलिश्रंखलाहरुले पनि यसै विषयलाई टिपेर कथा बुनेका छन् ।
‘माहोल यतिबेला फुटबलको छ, त्यही भएर पनि तितो सत्यमा अबका केही भागहरु फुटबलमय बनाउने कोशिस गरेका छौ’ निर्देशक तथा कलाकार दीपकराज गिरी भन्छन् ‘म आफैलाई पनि स्पोर्टस्ले मलाई चाडै आर्कषित गर्छ ।’ दीपक अर्जेन्टिनाका फ्यान हुन् भने सहकर्मी दीपाश्री ब्राजिलको, उता दीपक र दीपाका छोराको भूमिकामा रहेका राज आचार्य भने स्पेनको ‘बास्तविक जीवनमा आफ्नो आफ्नो टिमलाई लिएर जस्तो किसिमको रस्सा कस्सी हुन्छ तितो सत्यका आगामी अंकहरुमा त्यही देखाउन खोजिएको छ’ दीपा भन्छिन् ‘तितो सत्यमा म आफै पनि खेलाडी बनेकी छु, मेरो खेल कस्तो होला त्यो थाहा पाउन त तितो सत्य नै हेर्नुपर्ला ।’ त्यस्तै यसै हप्ताबाट रवि डंगोल ‘बेमान’ पनि पाँच बर्ष पछि पुन तितो सत्यमा इन्ट्री गर्दैछन् ।
बाबुराम र प्रचण्डको राजनीतिक खिचातानी र फुटबल प्रसंगलाई पनि यसपालीको तितो सत्यमा देखाइने निर्देशक गिरीले बताए ।
Comments
Post a Comment