गणेश थापाले भ्रष्टाचार गरेको भन्दै एन्फा पदाधिकारी अख्तियारमा

अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापाले अरवौं रुपैयाँ भ्रष्टाचार गरेको भन्दै एन्फाका पदाधिकारीले अख्तियारमा उजुरी दिएका छन् । एन्फा उपाध्यक्षद्धय कर्माछिरिङ शेर्पा, विजय मानन्धर, पंकज नेम्बाङ, दीपक खाती र अर्जुन लामाले अख्तियारमा विभिन्न १९ बुँदा समेटेर उजुरी दिएको छ।
साथै उनीहरुले संसदको सार्वजनिक लेखा समितिलाई पनि थापाले भ्रष्टाचार गरेको भन्दै छानविनका लागि आग्रह गरेका छन् । 
थापाको कार्यशैलीप्रति शेर्पा सहितका केही पदाधिकारी असन्तुष्ट छन् । भ्रष्टाचारको आरोपमा आजीवन प्रतिबन्धमा रहेका एसियाली फुटबल महासंघका पूर्वअध्यक्ष मोहम्मद बिन हमामबाट थापाले १ लाख १५ हजार पाउन्ड लिएको सार्वजनिक भएपछि एन्फाका असन्तुष्ट पदाधिकारीले थापालाई निलम्बन गर्न माग गरेका छन् ।
थापाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने उनीहरुले बताएका छन् । हमामसँग यस अघि थापाले १ लाख डलर छोरा गौरवको खातामार्फत लिएको सार्वजनिक भएको थियो ।

Comments

Popular Posts