अल्जेरिया पहिलोपल्ट नकआउट चरणमा, एसियाकाे सबै टिम समूहचरण बाटै बाहिरियाे

बेल्जियमले शतप्रतिशत जित हात पारेको समूह ‘एच’बाट अल्जेरिया उपविजेता हुदै विश्वकप फुटबलको नकआउट चरणमा शुक्रबार प्रवेश गरेको छ । बेल्जियम यसअघि नै अन्तिम १६ मा पुगेको थियो भने अल्जेरियाले पहिलोपल्ट विश्व्कपमा समूह चरण पार गरेको हो ।
मिडफिल्डर स्टेभेन डेफोरले डरलादो रुपमा खुट्टामा प्रहार गरेकोले रातो र्का बेहोर्दै ४५ औं मिनेटमै मैदान छाडेपनि बेल्जियमले दक्षिण कोरियालाई १-० ले पराजित गर्‍यो । जान भर्टोन्गेनले ७८ औं मिनेटमा खेलको एकमात्र गोल गरे ।
डिभोक ओरिगीले पेनाल्टी क्षेत्रको ठीक बाहिरबाट सशक्त रुप्मा प्रहार गरेको बल कोरियन किपर किम सु-ग्युले रोकेका थिए । त्यही रिबाउन्ड बललाई नजिकै रहेका भर्टोन्गेनले पोष्टको दिशा दिदै निर्णायक गोल गरेका थिए । कोरियाकाे हारसँगै यो विश्वकपमा कुनै पनि एसियाली टिमले नकआउटमा स्थान बनाउन सकेनन् ।
हारसँगै कोरिया समूह चरणबाटै बाहिरियो । उसको १ अंक रह्यो । समूहका तीनै खेल जितेर बेल्जियमले नौ अंक जोड्यो । रुससँग १-१ को बराबरी नतिजा निकाल्दै अल्जेरियाले पनि दोस्रो चरणको यात्रा तय गर्‍यो । उसको ४ अंक छ । जित हात पार्न सकेको भए रुसले अन्तिम १६ मा स्थान पाउने थियो । अल्जेरिया यो विश्वकपमा समूह चरण पार गर्ने दोस्रो अफ्रिकी टिम हो । यसअघि नाइजेरियाले अन्तिम १६ को यात्रा गरिसकेको छ ।
अल्जेरियाले समूह 'जी'को विजेता जर्मनीविरुद्ध दोस्रो चरणमा खेल्नेछ । बेल्जियमको प्रतिद्वन्द्वी अमेरिका हुनेछ । अल्जेरियाविरुद्ध रुसले आक्रमक सुरुआत गरेको थियो । अलेक्ज्ेन्डर कोकोरिनको गोलसँगै छैंटौं मिनेटमा रुसले अग्रता पनि लियो । तर, त्यसलाई जोगाउन सकेन । गोलका अरु थुप्रै अवसर सिर्जना गरेर पनि बललाई फेरि गोल लाइन पार गराउन सकेन ।
इस्लाम सिलमानीको हेडरमा रुसी गोलकिपर इगोर अकिनफिव प्रतिक्रियाविहीन भएपछि अल्जेरियाले ५९ औं मिनेटमा १-१ को बराबरी गर्‍यो । अन्ततः त्यही स्कोरसहित १ अंक थप्दै अल्जेरियाले समूह चरण पार गर्‍यो ।  सहभागी ३२ मध्ये १६ टिम समूह चरणबाटै बाहिरिएका छन् भने बाँकी १६ नकआउट चरणमा भिड्दैछन् । अन्तिम १६ मा स्थान बनाउने टिमहरू मध्ये ६ टिम युराेप, ५ टिम दक्षिण अमेरिका, ३ टिम उत्तर अमेरिका र २ टिम अफ्रिका महादेशका रहेकाे छ । 
ब्राजिलविरुद्ध चिली
नेदरल्यान्ड्सविरुद्ध मेक्सिको
उरुग्वेविरुद्ध कोलम्बिया
कोस्टारिकाविरुद्ध ग्रीस
फ्रान्स विरूद्ध नाइजेरिया
अर्जेन्टिनाविरुद्ध स्वीट्जरल्यान्ड
जर्मनीविरुद्ध अल्जेरिया
बेल्जियमविरुद्ध अमेरिका

Comments

Popular Posts